गायक सपन धर्तिको सुमधुर आवाजमा ‘ निष्ठुरी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

आर पोखरेल ,काठमाण्डौं ।

बजारमा लोक दोहोरी गीतको सङख्या फराकिलो बन्दैँ गइरहेको अवस्थामा ब्लोसम म्युजिक प्रा लीको प्रस्तुतीमा गायक सपन धर्ति र गायिका कविता परियारको सुमधुर आवाजमा निकै मार्मिक लोक गीत ‘ निष्ठुरी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछिको वियोगलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

शैलेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुले छोडेको दिन देखी मनमा निकै पिडा भएको गायकले बताएका छन । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशनमा निमार्ण गरिएको भिडियो निकै आकर्षक रहेको छ । भिडियोमा आशा खड्का, विरेन्द्र ढकाल र राधिका भुजेलको अभिनय रहेको छ ।

‘ निष्ठुरी’ हेर्नुृहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु