गायक सिंहलाई अमेरिकामा सम्मान

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७३, बिहीबार

लोकप्रिय गायक एवं संगीतकार कन्हैया सिंहलाई अमेरिकामा सम्मान गरिएको छ । उनलाई सल्ट लेक सिटी युटामा नेपाली समुदायद्वारा सम्मान गरिएको हो ।
युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरिका “युनाना”को युटा शाखा र भुटानी कम्युनिटी युटाको संयुक्त आयोजनामा शुभकामना एवं विविध साँस्कृतिक कार्यक्रममा गायक सिंहलाई सम्मान गरिएको हो ।

kanhaiya-singh-sammanit-3

डेढ दशक भन्दा बढी नेपाली कलाकारिता क्षेत्रमा गायन तथा संगीतमार्फत पुर्याएको योगदान र नेपाली कला संस्कृतिलाई उत्तर अमेरिकामा पनि जगेर्ना गर्न पहल गरेको भन्दै उनलाई सम्मानित गरिएको हो । भुटानी कम्युनिटीका अध्यक्ष रेम न्यौपानेले सिंहलाई कदर पत्र सहित सम्मान गरेका हुन् । उक्त कार्यक्रममा युनानाका उपाध्यक्ष उज्जवल अर्याल, महासचिव राजु बजाज, युटा शाखाका अध्यक्ष पूर्ण गौतम, सचिव ईश्वर प्रवाशी लगायतका सदस्य उपस्थित थिए ।

सिंहले पश्चिमको छोरो, तिम्ले भुल्न सके पनि, तिमीले त घात गरिजस्ता दर्जनौं गीतमा स्वर दिइसकेका छन् भने काली सुन्दरी लगायत दर्जनौं गीतमा संगीत भरेका छन् । उनले म्यूजिक खबर म्यूजिक अवार्ड २०१४, क्यापिटल अवार्डजस्ता दर्जनौं सम्मान र अवार्ड प्राप्त गरिसकेका छन् । पछिल्लो समय गायक सिंह अमेरिकामा रहेर कलाकारको हकहितका लागि संस्था स्थापना गरेर अगाडि बढिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु