गायक सिंहलाई अमेरिकामा सम्मान

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७३, मंगलवार

अमेरिका । गायक एवम् संगीतकार कन्हैया सिंहलाई सल्ट लेक सिटि युटामा नेपाली समुदायद्वारा सम्मान गरिएको छ । युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका “युनाना“ को युटा शाखा र भुटानी कम्युनिटी युटाको संयुक्त आयोजनामा शुभकामना एवम् बिबिध सांस्कृतिक कार्यक्रममा गायक सिंहलाई सम्मान गरिएको हो ।

kanhaiya singh_uta

गायक सिंहले डेढ दशकभन्दा बढी नेपाली कलाकारिता, गायन एवं संगीत क्षेत्रमा अविरल योगदान पु¥याउनुका साथै नेपाली कला संस्कृतिलाई विश्वव्यापीकरण गर्दै संस्थागत रुपमा युनानाको अध्यक्षजस्तो गरिमामय पदमा रहेर कार्य गरिरहनुभएको भन्दै गायक सिंहलाई सम्मान गरिएको थियो । भुटानी कम्युनिटीका अध्यक्ष रेम न्यौपानेले सिंहलाई सम्मान पत्र सहित सम्मान गरेका हुन् ।

euta_kanhaiya singh
उक्त कार्यक्रममा युनानाका उपाध्यक्ष उज्ज्वल अर्याल, महासचिव राजु बजाज, युटा शाखाका अध्यक्ष पूर्ण गौतम, सचिव ईश्वर प्रवासी लगायत सबै सदस्यहरु सहभागी हुनुका साथै स्थानिय कलाकारहरुको पनि रोचक प्रस्तुति रहेको थियो । कार्यक्रममा सयौंका संख्यामा आएका नेपाली दर्शकहरुले विविध संस्कृतिक कार्यक्रमलाई रुचिपूर्ण अवलोकनका साथै नाचगान गर्दै खुशियाली मनाएका थिए ।

dance usa singer kanhaiya

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु