गायक सुरज शाही को आवाजमा “अंगालोमा बेरी“ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७६, मंगलवार

आर पोखरेल, काठमाडौँ , मंसिर ३ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । मिरर म्युजिक नेपालको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक सुरज शाही को आवाजमा सजिएको लोकदोहोरी गीत “अंगालोमा बेरी“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ ।
आफना प्रेमीको यादमा नै जिवन अहिले सम्म बाँच्न सफल भएको गायिका शान्ती श्री ले बताइन । जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ । अनु रोक्काको शब्द तथा सुरज शाहीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ ।सन्तोष बस्यालको छायाँकन , प्रविण रेश्मी मगरको सम्पादन , सुमन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।, “अंगालोमा बेरी“ गीतमा सुमन थापा मगर र रविना थापा को अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
“अंगालोमा बेरी“ गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु