गायनमा अस्मिताको व्यस्तता

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७१, बुधबार

काठमाडौं, २८ जेठ । गायिका अस्मिता श्रेष्ठ यतिबेला गायनमा व्यस्त भएकी छिन् । मुलुकभित्र र मुलुकबाहिर हुने स्टेज कार्यक्रमहरुमा उनको प्रस्तुतिले राम्रो स्थान पाइरहेको छ । उनी कहिले चितवन त कहिले पोखरा वा विदेशबाहिर हुने कार्यक्रहरुमा व्यस्त हुँदै आएकी छिन् । आफ्नो प्रतिभालाई अझ मजबुत बनाउँदै अगाडि बढिरहेकी गायिका अस्मिता श्रेष्ठले केही समयपहिला मात्रै थाइल्याण्डमा भएको नेपाली रिपब्लिक डेको अवसर पारेर पनि गैरआवासीय नेपालीहरुलाई आफ्नो स्वरको माधुर्यता दिएकी थिइन् । विभिन्न देशका कलाकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अस्मिताको गायकीलाई लिएर आयोजकहरुले प्रशंसासमेत गरेका थिए ।
करिब एक दर्जनभन्दा बढी गीतहरु गाएकी छिन् । अस्मिताको त्यो कालो कोटैले र सिउँदो सिन्दुरमा छायाँकन भएको म्यूजिक भिडियो यतिबेला धमाधम सम्पादन भइरहेको कुरा भिडियोका निर्देशक रुपेश उप्रेतीले जानकारी दिएका छन् । निर्देशक माधव खरेल र श्रीदेव भट्टराईले यस भिडियोमा अनु शाहसँग अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु