गायनमा चम्किँदै शिखा

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७१, शनिबार

काठमाडौं । गायिका शिखा भारती यतिबेला नेपाली गीतसंगीतमा चम्किँदै छिन् । गत वर्ष एल्बम शिखा भारती बजारमा ल्याएपछि नेपाली गीतसंगीतमा उनले अन्य गीतहरु पनि गाउन सुरु गरिन् । एकपछि अर्को गर्दै उनको गायकीलाई सबैले मन पराउन थाले र उनको स्वरको तारिफ गर्दै अवसर प्रदान पनि गर्दै आए । यतिबेला शिखा भारती सुरेन्द्र महर्जनको गीतमा स्वर भरेकी छिन् ।

shikha bharti

मरेर जल्छु भन्थे जिउँदै जलायो तिम्रो मायाले
जल्दा पीडा छैन ढल्दा पीडा छैन
आँधी चलायो तिम्रो मायाले

सुरेन्द्र महर्जनको शब्दमा सन्तोष श्रेष्ठको संगीत रहेको माथिको यो गीत म्यूजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उनले गाएको यो गीतले नेपाली गीत संगीतमा राम्रो चर्चा पाउने आशा गरिएको छ । शिखा भारती भारतीय मुलको भए पनि नेपाली गायनमा उनले चालेको पाइलाले पक्कै पनि सफलताको शिखर चुम्नेमा विश्वास गरिएको छ । संगीतको आरोह अवरोहमा शिखा भारतीयको सांगीतिक यात्राले नेपाली गीतसंगीतको क्षेत्रमा राम्रो स्थान पाउँदै चर्चा बटुल्ने विश्वास गरिएको यो गीत केही समयपछि बाहिर आउनेछ । ती ‘स’ सुरेन्द्र, सन्तोष र शिखाको यो सांगीतिक यात्राले सफलताको श्रेणीमा नाम राख्ने आशा गरिएको छ ।

shikha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु