गायिकाको फूल चुम्बन

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७०, सोमबार

काठमाडौं । आजभोली चलचित्र क्षेत्रलाई ग्ल्यामर, भल्गर भयो भनेर भनिरहेकै बेला गायन क्षेत्रमा पनि त्यस्तो देख्न पाइन्छ । अझ चुम्बनको कुरा गर्ने हो भने त सामान्य भइसक्यो । साथी साथी भेट हुँदा होस् या बाटोघाटोमा गायन क्षेत्रका कलाकारहरुको पनि दिनचर्या ग्ल्यामर हुँदै गएको छ अथवा मौलिकता हराउँदै गएको छ भन्दा पनि हुन्छ । तर कुरो यहाँ अर्कै छ । भर्खरै उदाउँदै गरेकी गायिका अप्सरा गुरुङ भने आफ्नो प्रेमीभन्दा पनि पर रहेर फुलसँग चुम्न गर्नमै व्यस्त देखिन्छन् । तर उनलाई पनि त चुम्बन गर्ने इच्छा त जागेकै रहेछ बा !
गायिका अप्सराले फूल चुम्बन गरेको देखेर उनका फ्यानहरुले के प्रस्ताव राख्लान् त्यो त अब उनको नयाँ गीत रिलिजपछि थाहा नै होला । उनको नयाँ गीतको म्यूजिक भिडियो भर्खरै गोदाबरी र यूएन पार्कमा छायाँकन गरिएको छ । बैंशका कुरा गरेका उनको नयाँ गीतलाई सशान कँडेलले निर्देशन गरेका हुन् भने सन्तोष र अनिलको छायाँकन रहेको छ । यसको सम्पादन भने अर्जुन पोखरेलले गरेका हुन् । निस्मा घिमिरे, सनम कठायत र अर्जेश रेग्मीको अभिनय रहेको यस गीतमा अप्सराको स्वर सुन्न पाइन्छ ।
गायिका अप्सरा यतिबेला आफ्नो नयाँ गीतको रिलिजको संघारमा छिन् । उनको नयाँ गीत म त ठूलो मान्दिन बैंशमा माया लाउनु, यो त समाजको नियम नै हो छोरीलाई माग्न आउनु… बोलको रहेको छ । यस गीतमा दिपक शर्माले संगीत दिएका छन् भने सुमन बैरागीको शब्द रहेको छ । यो डान्सिङ बिटको गीत रहेका कारण अप्सरालाई स्टेज कार्यक्रमहरुमा भने सफलता मिल्नेमा संगीतकार दिपक शर्मा ढुक्क रहेका छन् । अप्सरा पनि यो गीतबाट आफू आशावादी रहेको बताउँछिन् । तर गीतले कस्तो बजार तताउला त्यो भने रिलिजपछि थाहा पाइनेछ ।

1001336_268061660000068_1997331761_n

 

563399_292870527519181_93989174_n

 

1420459_608246532546606_1748468415_n

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु