गायिका अन्जुको कहालीलाग्दो पीडा

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७२, शुक्रबार

काठमाडौं । गीतसंगीतमा लाग्दैमा सबैको जिन्दगी रमाइलोमै बित्छ भन्ने छैन । गायनभित्र पनि धेरै पीडाहरु हुन्छन् । पीडा लुकाएर गीतसंगीतमा रम्ने गरेका धेरै गायक गायिका एवं संगीतकर्मीहरु हाम्रो समाजमा व्याप्त छन् । हामीले गायिका अन्जु पन्तको धेरै समाचारहरु पढेका छौं तर उनको वास्तविक पीडा भने उनीभित्रै गुम्सिएका छन् किनकी उनी एउटा सेलीब्रेटी हुन् जसले समाजमा सजिलै छाप छोड्न सक्छ । तर पनि उनी पीडाभित्र पनि आफूलाई संगीतमय बनाउँछिन् ।

हामी कुनैपनि मानिससँग केहि क्षण गरेको संगत र बाहिरि मुहार हेरेर कसैलाई परिभाषित गर्दै छौं भने गतल छौं । मुहारमा मुस्कान बोकेर मनमा आघात सहनेहरु प्रसस्तै छन् हाम्रो समाजमा । यस्तै मान्छे मध्येमा भेटिएकी छन् चर्चित गायिका अन्जु पन्त । गायिका पन्त मात्रै होईन पछिल्ला केहि वर्ष यता नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाइरहेका संगीतकार अर्जुुन पोखरेलको पनि कथा उस्तै र उस्तै व्यथाका साथ बाहिरिएका छन् गीतकार रामप्रसाद दहाल । गीतकार, संगीतकार र गायिकाको नाम एकै पटक एउटै पीडामा जोडिएपछि तपाईले बुझिसक्नुभएको छ यो गीत संगीतको कुरा हो भनेर ।

anju pantaa

‘हरेक मानिसको जिन्दगी कहिन कहित दुखेको हुन्छ’बोलको गीत मार्फत एकै पटक यि ३ को पीडा पोखिएको हो । त्यसो गीत संगीतको कुरा गर्दा नेपालमा मात्रै होईन विश्वमै प्रेमका गीतसंगीत सिर्जना हुने गरेका छन् । तर, गीतकार दाहालले यो गीतमा जिन्दगीको भित्री गहिराई र भोगाईका यथार्थतालाई प्रस्तुत गरेका छन् । राम्रो संगीत गर्ने संगीतकारको सूचीमा परेका संगीतकार पोखरेलले यो गीतलाई पनि उत्कृष्ठ बनाउने काम गरेका छन् । गायिका पन्तलाई त झन नेपाली सांगीतिक बजारमा मिलनका भन्दा धेरै पीडाका गीतले नै स्थापित गराका हुन् । यो गीत पनि उनको गलामा निक्कै खुलेको छ । समग्रमा प्रत्येक शब्दमा जिन्दगी गहिरो अर्थ बोकेको यो गीतमा शब्द, संगीत, स्वर र संगीतको तालमेल उत्कृष्ट देखिएको छ ।


गीतकार, गायिका तथा संगीतकारको जिन्दगीको यो फिलिङ्सलाई पर्दामा जिवन्त पार्ने काम भने पल शाह र बर्षा राउतले गरेका छन् । बर्षा र पललाई पर्दा यति गहिरोसँग डुुबाउने काम निर्देशक बिबर पोखरेलले गरेका छन् । गीतकार दाहालको बजारमा आउन लागेको एल्वम ‘सम्बन्ध’ भित्र समावेश यो गीतको अडियो भिडियोको बजार ब्यावस्थापन द डिभाइन म्युजिकले गरेको छ । अनिल के मानन्धरले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु