गायिका अन्जु पन्त को नयाँ गीत “आकाशका जुन तारा “बजारमा (भिडियो सहित )

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार

रोशन पोखरेल ,काठमाडौं ,फागुन २६ । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा ल्याएका छन् ।
लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ ।
किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन भिडियोमा रहेको छ । “आकाशका जुन तारा “गीतको भिडियोमा नायिका बेनिसा हमाल र प्रनिप राज अधिकारीको फिचरिङ रहेको छ ।
“आकाशका जुन तारा “गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु