गायिका निशालाई पुत्रीलाभ । बिसीद्वारा खुशी व्यक्त

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७०, मंगलवार

काठमाडौं, २७ फागुन । केही समयअघि मात्र अमेरिका पुगेकी गायिका निशा सुनारलाई पुत्रीलाभ भएको छ । गायिका निशाले छोरी पाएपछि उनका पति निर्देशक शंकर बिसीले फेसबुक स्टाटसमार्फत छोरी पाएको खुशी व्यक्त गर्दै आफ्नी पत्नी निशालाई धेरै मिस गरिरहेको बताएका छन् । कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी निशालाई गर्भवती भएकै कारण नेपाल आउन नमिलेपछि अमेरिकामा नै छोरी जन्माउनु पर्ने अवस्था आइपरेको निर्देशक बिसीले बताएका छन् । गायिका निशा र गायक एवं निर्देशक बिसीले केही समयअघि मात्रै आफूहरुले विहेको गरेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । विहे सार्वजनिक गरेको एक महिना बित्न नपाउँदै उनीहरुलाई पुत्रलाभ भएको हो । तर उनीहरुले पहिले नै औपचारिक रुपमा नै विहे गरेको बताएका छन् ।

nisa sunar

 

nisa

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु