गायिका मिलन अमात्यले हाँसी हाँसी नजरको तीर चलाएपछि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

haasi-haasiकाठमाडौं । नेपाली सुगम संगीतकी सुमधुर स्वर भएकी सुन्दरी गायिका मिलन अमात्य र गायक योगेश महतले यतिबेला एकआपसमा हाँसी हाँसी नजरले तीर चलाईइरहेका छन् । एकआपसमा हाँसी हाँसी त्यो नजरले तीर चलायो, कहिले हँसायो कहिले रुवायो भन्दै छन् ।

नजरको तीरको प्रंग भने भर्खरै सार्वजनिक भएको म्यूजिक भिडियोको हो । योगेश महत र मिलन अमात्यको संयुक्त आवाजमा तयार पारिएको गीतको म्यूजिक भिडियो यतिबेला युटुबमा सार्वजनिक भएको छ ।

मनोज लामिछानेको शब्द रचनामा रहेको गीत हाँसी हाँसी गीतलाई बब्बु प्रधानले संगित संयोजन गरेका छन् भने शिखर सन्तोषले अनुपम संगित भरेका छन् । प्रकाश केसीको मिक्स र मास्टरिङलाई म्यसजिक नेपालले बजारमा ल्याएको हो ।

पप विधामा समावेश गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारीसँगै पुष्प खड्का देखा परेका छन् । कर्णप्रीय आवाजमा रहेको गीत हाँसी हाँसीको छायांकन अर्जुन तिवारीले गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई निर्देशक निकेश खड्काले मूर्तरुप दिएका हुन् ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु