गायिका रेखा शाहविरुद्धको मुद्धा खारेज

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

काठमाडौं । चर्चित लोकप्रिय गायिका रेखा शाहबिरुद्ध गत पुस २७ गते प्रहरीले दायर गरेको मुद्धा काठमाडौं जिल्ला अदालतबाट ३ महिनापछि खारेज भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलासले शाह बिरुद्धको मुद्धा खारेज गरेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले पहिलो सुनुवाईमा शाहलाई बिना धरौटी रिहा गर्न आदेश दिएको थियो । मुद्धा खारेज भए लगतै गायिका शाहले बिनाकारण १० दिनको हिरासत बसाई र त्यसक्रममा अत्यावश्यक औषधिसमेत खान नदिएर दिएको यातनाको क्षतिपूर्तिका लागि मावनअधिकारबादी संस्था र राष्ट्रिय महिला आयोगसँग पुनः आग्रह गरेकी छन् ।

rekha-shah (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु