गायिक कला पंगेनीको ‘जोगाउनुछ कालापानी’ गीतलाई इपीक म्युजिक अवार्ड

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७५, सोमबार

लोक तथा दोहोरी गायिका कला पंगेनीले अवार्ड पाएकी छन् । गीतकार एवं संचारकर्मी दुर्गा पंगेनीको शब्द सृजना तथा लोकप्रिय गायक पशुपति शर्मा र गायिका कला पंगेनीको आवाजमा रहेको ‘जोगाउनुछ कालापानी’ बोलको गीतले एपिक नेपाल म्यूजिक अवार्ड २०७५ को राष्ट्रिय भाव अन्तर्गतको विधामा अवार्ड पाएको हो ।

उक्त गीतले राष्ट्रिय भाव बोक्नुका साथै बाध्यतावस विदेशिन बाध्य नेपालीहरुको कथा व्यथालाई गीत मार्फत प्रस्तुत गर्न खोजेको छ ।

‘जोगाउनुछ कालापानी’ गीत मार्फत अवार्ड प्राप्त गर्दा अत्यन्त खुशी लागेको छ र यो खुशी मेरो मात्र नभएर सम्पूर्ण टीमकै खुशी भएको गायिका कला पंगेनीको भनाई छ । सो अवार्ड प्राप्त गर्नको लागि दर्शक तथा स्रोताहरुको पनि ठूलो हात रहेको उनको भनाई छ ।

सर्वाधिक ६६ विधामा पर्न सफल हुनेहरुलाई एक समारोहकाबीच अवार्ड वितरण गरिएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अथितिको को रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को उपस्थिति रहेको थियो ।

कुल ६६ विधामा प्रदान गरिने अवार्डमा नेपाली सुगम सङ्गीतका धरोहर भजन सिरोमणि भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगदसहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु