गीतकार कौडिन्यको निधन

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७३, सोमबार

गीतकार दिपक कौडिन्य (दिपक प्रसाद आचार्य) को आइतबार निधन भएको छ । उच्च रक्तचापको रोगबाट ग्रसित भएका कौडिन्यको आइतबार असामयिक निधन हुन पुगेपछि गीतसंगीतको क्षेत्रलाई स्तब्ध बनाएको थियो । उनको शवलाई आइतबार नै गौशालास्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ ।
dipak kaudinya
गीतकार संघका साधरण सदस्यसमेत रहेका गीतकार दीपक कौडिन्यले लेखेको गीतले रेडियो नेपालबाट दुई पटकसम्म प्रथम स्थान हासिल गरेको थियो । भक्तपुर लुबु स्थायी घर भएका कौडिन्य पछिल्लो समय भने भैंसेपाटी बस्दै आएका थिए । कौडिन्यका दर्शन नपाई, मायाको याद, घाम बिनाकोलगायत दर्जनौं गीतहरु रेकर्डेड छन् । म्यूजिक खबर डटकम दिपक कौडिन्यको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु