गीतकार क्षेत्रीको उपचारमा विभिन्न क्षेत्रबाट सहयोग, उपचारका लागि दिल्ली लगियो

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७१, शनिबार

काठमाडौं । ब्रेन ट्युमरबाट पीडित भएका गीतकार सूर्य कुमार क्षेत्रको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग गरिएको छ । केही समयअघि ब्रेन ट्यूमरबाट पीडित भएपछि क्षेत्रीको नेपालमै शल्यक्रिया गरिएको थियो । डाक्टरकै सल्लाहबमोजिम क्षेत्रीको थप उपचार गर्नुपर्ने भएका कारण यही शुक्रबार उनलाईउपचारका लागि दिल्ली लगिएको छ ।
काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसका डा.बसन्त पन्तसहितको टोलीले गत मंसिर १७ गते क्षेत्रीको ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो।
प्रेस युनियनका सचिव समेत रहेका क्षेत्री नेपाली कला डटकमका सम्पादकसमेत हुन् । उनले सयौँ ल्ऽोकदोहोरी तथा आधुनिक गीत लेखिसकेका छन् ।
औँठी चिनो छ, बादलुले चन्द्र छेकेको, पानी पधेँरो, धानको सिरौँला, धोका दिनेलाई के भनुँ र खोइ, डाली पलायो, उडी जाने जेट, धर्ती गोलो छ लगायत दर्जनौँ लोकदोहोरी गीतका संकलक क्षेत्रीको आधुनिक गीतहरु पनि चर्चाकै शिखरमा छन् ।
उनका बुबा पदमबहादुर क्षेत्रीका अनुसार सूर्यकुमार क्षेत्रीको थप उपचार नयाँ दिल्लीस्थित बिएल कपुर हस्पिटलमा हुनेछ ।

mahesh

क्षेत्रीकोउपचारका लागि साढे ७ लाख संकलन, सरकारले ५ लाख दिने
क्षेत्रीको उपचारका लागि विभिन्न क्षेत्रबाथट ७ लाख आर्थिक संकलन भएको छ भने सरकारको तर्फबाट पनि ५ लाख दिने निर्णय भएको छ । क्षेत्रीको उपचारमा अत्याधिक खर्च लाग्ने भएपछि विभिन्न क्षेत्रबाट उपचारका लागि सहयोग जारी छ ।
बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले क्षेत्रीको उपचारका लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीवार गीतसंगीतसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि तथा कलाकारले क्षेत्रीको परिवारलाई भेटी सहयोग रमक हस्तान्तरण गरेका थिए ।
क्षेत्रीलाई संगीत उत्पादक समाज र संगीत उद्योग संघले संयुक्त रुपमा दुई लाख ६० हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तथा कलाकार कल्याणकारी कोष समितिबाट एक लाख ६४ हजार सहयोग गरेको छ ।
यस्तै संगीतकार संघ नेपालले ४० हजार ४ सय, विन्द्यवासिनी फाउन्डेसनले २५ हजार, प्रस्तोता समाजले ११ हजार सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघले एक लाख रुपैयाँ, नेपाल प्रेस युनियनबाट ५० हजार रुपैयाँ, अन्नपूर्ण पोस्टका पत्रकारबाट २५ हजार, नयाँ पत्रिकाका पत्रकारबाट २८ हजार ५ सय, राससका पत्रकारबाट १५ हजार ५ सय, शिक्षा पत्रकार समूहबाट १० हजार, शिक्षा पत्रकार सञ्जालबाट १२ हजार सहयोग प्राप्त भएको छ ।
उनको उपचारमा कति लाग्ने भन्ने जानकारी आएपछि थप आर्थिक सहयोग जुटाउने गीतसंगीत एवं पत्रकारितामा क्रियाशील संघसंस्थाहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु