गीतकार भरतबाबु के.सी.को पर्खाइ सकियो

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७१, बुधबार

बिराटचौक, मोरङ, ११ असार । सधैं राजधानीमा केन्द्रीत हुँदै आएको एल्वम बिमोचन तथा भिडियो प्रिमियर शो अब मोफसलमा पनि हुन थालेको छ । पूर्वी नेपालको मोरङ जिल्लामा पर्ने बिराटचौकमा सोमबार पहिलो पटक एल्वम बिमोचन तथा भिडियो प्रिमियर शो सम्पन्न भएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक भरतबाबु के.सीको एकल रचना र साजन राईको एकल स्वर तथा संगीत रहेको गीति एल्वम पर्खाइको भव्य समारोहका बीच विमोचन तथा प्रिमियर गरिएको छ । पूर्वाञ्चलका सफल यूवा व्यवसायी भोलेश्वर दुलालको प्रमूख आतिथ्य रहेको सो समारोहमा एल्वम पर्खाइको लोकापर्ण गरिएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी,ब्यापारी, उद्योगपति, सुरक्षाकर्मी र संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बिराटनगरलाई आफ्नो कार्यथलो बनाउदै आएका गायक तथा संगीतकार साजन राईले एल्वममा समेटिएको तीन वटा गीत प्रत्यक्ष गायर उपस्थित अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए । एल्वममा समेटिएको दुई वटा गीतको म्यूजिक भिडियो प्रिमियर गरिएको थियो । दुईवटै म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । म्यूजिक भिडियोमा क्रमशः गजित बिष्ट, रीमा बि.क., सुप्रिया कटवाल, पल शाह, यूवराज निरौला र बर्षा के.सीको अभिनय रहेको छ । रेस्क्यू क्रियशनले पहिलो पटक एल्वमको बजार ब्यवस्थापनको जिम्मा लिएको छ । गीति एल्वम मा एउटा पुरानो सदाबहार गीतलाई रिमेक गरी समेटिएको छ । बि.सं.२०४३ सालमा पहिलो पटक रेडियो नेपालमा गायक सीताराम ताजपुरीयाको आवज तथा ईन्द्र नेउपानेको शब्द संगीत रहेको छिटको साडी चौबन्दी चोलीमा . . .लाई रि–रेकर्ड गरी सोहि एल्वमका राखिएको छ । दोस्रो पटक रेकर्डगरिएको गीतलाई गायक साजन राईले स्वरबद्ध गरेका छन् ।

Bimochan 3 Bimochan 2 cover

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु