गीतकार संघको दोस्रो साधारणसभा

म्यूजिक खबर
प्रकाशित: १८ फाल्गुन २०७०, आईतवार

काठमाडौं, १८ फागुन । गीतकार संघ नेपालको दोस्रो साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ । गीतकारहरुको हकअधिकारको लागि वकालत गर्दै आएको गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले साधारणसभामा गीतकारहरुका हकअधिकारका बारेमा बहस गरेको थियो । साधारणसभामा गीतकारको परिभाषाका बारेमा केही बुँदाहरु परिमार्जन गरिएको बताइएको छ ।
साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो भने आगामी कार्ययोजनाको बारेमा पनि छलफल गरिएको थियो ।
संघका अध्यक्ष योगेन्द्रमणि दाहालको अध्यक्षतामा भएको उक्त साधारणसभामा संस्थापक अध्यक्ष डा.कृष्णहरी बराल, वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, राजेन्द्र थापा, संगीतकार शम्भुजित बास्कोटा लगायतका गीतकार, संगीतकारहरुको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु