गीतसंगीत भनेको बाँच्ने आधार हो : योजना पुरी

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७१, शनिबार

गायिका योजना पुरी त्यसो एक कुशल कार्यक्रम प्रस्तोता पनि हुनुहुन्छ । पुरी विगत ४ वर्षदेखि रेडियोमा कार्यक्रम संचालन गर्दै आउनुभएको छ । ७ वर्षको गीतसंगीतको निरन्तरतामा करिब दुई दर्जन जति गीत गाइसक्नुभएकी योजनाको मास्टरको अध्ययनपछि मात्रै विहे गर्ने योजना छ । गीतसंगीतलाई बाँच्ने आधारमा रुपमा लिने योजना पुरीसँग म्यूजिक खबर डटकमका लागि सबिता पोखरेलले गरेको कुराकानी :

आजभोलि के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । रेडियोमा कार्यक्रम संचालन गरिरहेको छु र साथमा अध्ययनमा पनि व्यस्त भइरहेको छु ।
अध्ययन गर्ने मान्छे संगीतले डिस्ट्रव गर्दैन र ?
गर्दैन, सबैलाई मिलाएर गर्नुपर्छ । अध्ययनसँगै संगीत र जागिरलाई पनि मिलाउँदै अघि बढ्दैछु ।
तपाईं प्रस्तोता कि गायिका त ?
म पहिला त गायिका हुँ । त्यसपछि प्रस्तोता हुँ भन्न रुचाउँछु । किनकी म गायनमा लागेको ७ वर्ष भयो भने प्रस्तोता बनेको ४ वर्ष मात्रै हुँदैछ ।
एल्बम कतिवटा निकाल्नुभयो, कतिवटा गीतमा स्वर दिनुभएको छ ?
एल्बम त एउटा मात्र हो । मनै त हो मेरो सोलो एल्बम हो । कलेक्सन एल्बम तारा लिम्बूसँग गरेको थिएँ । करिब १८ भन्दा माथि गीतमा स्वर दिएको छु ।
संगीत भनेको के हो ?
मेरो लागि त संगीत एउटा बाँच्ने आधार हो । संगीत भएन भने सबैलाई बाँच्न गाह्रो हुन्छ होला जस्तो लाग्छ ।
गायिकालाई त लभ प्रपोज धेरै आउँछन् रे तपाईंलाई नि आउँछन् होला नि ?
आउँछन्…। कति हो कति । एउटा गायिकाको पछाडि धेरै प्रपोज आउनु ठूलो कुरा पनि मान्नु भएन नि ?

yojana puri1
कसैलाई ओक भन्नुभएको छ की ? विर्सन नमिल्ने क्षण त्यस्तो बनेको छ की ?
त्यस्तो त छैन भन्दा नि हुन्छ । तर एक जनासँग धेरै कुराकानी हुन्छ आजभोलि त्यसलाई के भनुँ । उहाँले विहेकै प्रपोज गर्नुभएको छ, सायद भविश्यमा विहे हुन्छ की थाहा छै्रन ।
विहे कहिले गर्ने योजना छ त ?
मास्टर सकेर विहे गर्ने भनेकी छु । हेरौं देखेकोले हुँदैन भन्छन् लेखेकै चाहिन्छ रे ।
अहिले गीत संगीतको भविश्य कस्तो देख्नुभएको छ ?
ठीकै छ भन्नु प¥यो । राम्रो भविश्य त देखेकै छैन । तैपनि परिश्रम चाहिँ गर्नुपर्छ । निरन्तरता ठूलो कुरा हो । संगीतको बजार संकटग्रस्त छ । बिक्री छैन, लगानी मात्रै छ ।

yojana puri
संगीतमा लागेर बाँच्न सकिन्छ त ?
म चाहिँ मिडियामा भएकोले बाँचिरहेको छु । अब सकिँदैन भन्न पनि मिल्दैन । धेरै यही क्षेत्रमा मात्र निर्भर रहेका पनि छन् ।

अविश्मरणीय क्षण कुनै छ की ?
मैले कहिल्यै नभुल्ने भनेको म सानोमा स्कुल जाँदा जहिल्यै साइकलमा जान्थेँ, स्कुलका साथीहरुसँग पनि साइकलमै कम्पिटिसन गर्थेँ त्यो कुरा सधैं याद आउँछ ।
अन्त्यमा ?
नेपाली गीतसंगीतलाई माया गरिदिनुस् । मौलिक कला संस्कृतिको जगेर्ना गरिदिनुस् । विश्वमा नेपाली गीतसंगीतलाई उच्च बनाउन सबैले सधंै लागौं, निरन्तरता ठूलो कुरा हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु