गीता देवी सुनारको नयाँ सालैजो  गीत ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

गायक कृष्ण थापा मगर , लोकप्रेमी परियार र गायिका गीता देवी सुनारको नयाँ सालैजो  गीत‘दहवसेको फेदैमा नम्जा गाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दहवसेको फेदैमा नम्जा गाउँ’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लय सिर्जनामा यामजी सुनारकोे रहेको छ । मौलिक लोक भाकामा तयार पारिएको गीतमा नेपाली ग्रामिण परिवेशको चित्रण गरिएको छ  ।

‘दहवसेको फेदैमा नम्जा गाउँ’ गीतको भिडियोमा दिनेश मुस्कान र करिष्मा ढकालको अभिनय तथा नृत्य  रहेको छ । दिनेश मुस्कानको निर्देशनमा बनेको भिडियोमा गोविन्द विवसको कोरियोग्राफी , विरेन्द्र परियारको छायाँकन  , दिनेश मुस्कान को सम्पादन  रहेको छ ।
‘दहवसेको फेदैमा नम्जा गाउँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु