गीत लेखनबाट गायनतर्फ गायत्री

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७१, मंगलवार

काठमाडौं, २० साउन । गीत लेखनमा सक्रिय रहँदै आएकी गायत्री थापा आजभोलि आफैं गायनतर्फ लागिरहेकी छिन् । गायत्री थापाले लेखेका गीतहरु जसरी चर्चामा रहे त्यसरी नै गायनलाई उच्चतम बनाउने सोचमा लागेकी गायत्रीले यतिखेर भने गायनलाई प्रमुखतामा राखेकी छिन् । सुगम संगीत, लोक गीतदेखि तिजका गीतहरुसमेत लेखेकी गायत्री थापाले गीतकारबाट अवार्डसमेत चुमिसकेकी छिन् । केहीसमय पहिला मात्र तेश्रो म्यूजिक खबर म्यूजिक अवार्डमा सुगमसंगीत गीतकारको अवार्ड चुम्न सफल भएकी गायिकाले पछिल्लो समय गीत लेखनसँगै गायनलाई पनि अगाडि बढाएकी छन् । गीत संगीत भनेको राष्ट्रको धरोहर हो र यसका माध्यमले राष्ट्रियरुपमा आफु चिनिँदा अथवा राष्ट्रिय गीत संगीतको जर्गेनामा, विकासमा, प्रबद्र्धनमा, सम्बर्धनमा लागि पर्न पाउँदा खुशीको सीमा नभएको बताउँछिन् गायत्री ।
यतिखेर गायत्री आफुलाई लोक गीतको अथवा आधुनीक गीतको गीतकारका रुपमा मात्र हैन की स्वरका मार्फत गायीका समेत बनेर चिनाउने क्रममा छिन् । विगतको वर्ष जस्तै यसपालीको आउदै गरेको तिजगीतमा उनले गायिका समेत बनेर देखाएकी छिन् । हुन त जति रुपमा गीतकार बनेर उनी चिनिएकी छिन् अथवा थिइन् त्यो प्रसीद्धी गायनका माध्यमले पाउला नपाउला त्यो भविश्यमा निर्भर छ । आफ्नो स्वरमा विश्वास भइहाले पनि पुर्ण रुपमा गायिका नै बन्छु भन्ने सोच गायत्रीको छैन । गत वर्ष पनि तिजमा गीत गाएर तीज मनाएकी गायत्रीले यसपाली पनि तीजका लागी गायिका नै बनेर आएकी छिन् । गीतकार गायत्री थापाले आफ्नै शब्दमा स्वर भरेकी छिन् । यसपालीको तीजका लागी पनि वर माग्छु शिवजी…‘ बोलको तीज गीत एल्वम बोकेर ०७१ को तीज मनाउन आएकी गायत्री आफ्नो गीत चल्नेमा ढुक्क छीन् । तीजको रमझममा, दीदीबहिनीको चाडमा म एक चेलीको प्रतिभाले मौलने मोका पाउँछ भन्नेमा ढुक्क भएको उनी बताउँछिन् । नेपाली गीत संगीतमा पैसा छैन तर आत्मसम्मान हुनुपर्छ भन्ने लाग्छ गायत्रीलाई । तीजका मार्फत स्रोता भेट्न यतिखेर आइपुगेकी उनी आफ्नो संगीत यात्रालाई अझ सक्रिय बनाउन लागिपरेको बताउँछिन् । गत वर्षहरुमा तिजका गीतहरु बजारमा ल्याए पनि यसपाली भने गायत्रीले आफैं गीत गाउन थालेकी हुन् ।

[youtube]https://www.youtube.com/watch?v=mZAhBkQKHPk&list=TLLrUl-TfbUuguVw9bJvNPmXh8D5chGLQt[/youtube]

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु