गौतमलाई माफी माग्न १५ दिने अल्टिमेटम

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७२, सोमबार

काठमाडौं । चलचित्र पत्रकार श्यामसुन्दर गिरीलाई समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिइएकोमा चलचित्र पत्रकार संघले खेद व्यक्त गरेको छ । हाल अमेरीकामा रहेका कलाकार सुदर्शन गौतमले फोनमार्फत श्यामसुन्दरलाई ज्यान मार्नेसम्मको धम्की दिएका थियो । त्यसप्रति संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै आइतबार प्रेस विज्ञप्तिमार्फत खेद व्यक्त गरेको हो । संघका महासचिव सन्दीप सापकोटाद्वारा जारी विज्ञप्तिमा धम्की दिने कलाकार गौतमलाई ‘माफी माग्न १५ दिने’ अल्टिमेटम समेत दिइएको छ । श्यामसुन्द्यरले ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कम मा गसीप लेखेका थिए । यसैलाई आधार मानेर सुदर्शन गौतमले आफूलाई अश्लिल शब्द बोल्दै धम्की दीएको र समाचार संस्था एवं समाचार तथा संचारकर्मीको धावा बोलेको बताएका थिए । संघद्वारा जारी विज्ञप्तिमा ‘कसैले समाचार लेखेकै कारण आफूलाई चित्त नबुझेमा कानुनी प्रकृया हुँदाहँुदै गौतमले कानुनकै उल्लगन गरेकाले उनलाई माफी माग्न १५ दीने अल्टीमेटम समेत दिइएको छ ।

चलचित्रमा अभिनय गर्नूका साथ अन्य सामाजिक प्रतिष्ठा समेत प्राप्त व्यक्ति सुदर्शन गौतम बाट यस्तो प्रकृया अपनाइनु निर्लज्जताको पराकाष्टा समेत भएको संघको ठहर छ’ उल्लेख छ । श्यामसुन्दर चलचित्र पत्रकार संघका सदस्य हुन् । आफ्नो सदस्यमाथि भएको गाली गालौजप्रति सुदर्शनले अल्टिमेटमभित्र आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा वहिस्कारसम्म गर्न सकिने संघले जनाएको छ । चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले यस्तो किसिमको निर्णय गरेको हो ।

 press-bigyapti

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु