घायलै पा¥यो मायाले

म्यूजिक खबर
प्रकाशित: २० असार २०७३, सोमबार

के ग¥यो ग¥यो मायाले घायलै पा¥यो मायाले । मनमा पनि मुटुमा पनि छायाँ छ, चुलबुल चुलबुल मन भाछ अनि मायाले घायल बनाउनु पनि स्वाभाविकै हो नि । जसका लागि जोवन साचेको हो उसको मायाले नै घायल बनाएपछिका जोडीहरुको यहाँ विचल्ली भइरहेको छ । हाम्रो पछिल्लो समाज मायामै घायल बन्दै गइरहेको बेलामा यी जोडीलाई पनि घायल पार्नु कुनै ठूलो कुरा पनि भएन क्यारे ।

richa

यतिखेर अनु गुरुङ र भरत गुरुङलाई पनि मायाले घायल बनाएको छ । भरत गुरुङको लय तथा शब्दमा तयार भएको यो गीतभित्र अनु गुरुङ र भरत गुरुङको स्वर रहेको छ । शिवदर्शन डिजिटलबाट बजारमा आएको यो गीतको म्यूजिक भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका छन् । नरेशवीर सिंह र ऋचा थापाको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोमा रेशम दर्लामीले छायाँकन गरेका छन् । कार्यकारी निर्माताका रुपमा गीतकार गायत्री थापा रहेकी छिन् भने प्रविन रेश्मीमगरको सम्पादन रहेको छ ।


गायलै पा¥यो मायाले बोलको लोकदोहोरी गीतले यतिखेर सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनतिर राम्रो चर्चा बटुल्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु