घुम्टोमा तिमी लजाएको सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

काठमाडौं । सडकमा आफ्नो प्राइभेट गाडिमा एक्लै यात्रा गरिरहेको युवकलाई सुन्दर युवतीले लिफ्ट मागेपछि कसले नदेला र ? नायक दुर्गेस थापाले सडकमा सपना लामिछानेलाई लिफ्ट दिएका छन् । उनले लिफ्ट दिएपछि लजाउँदै सँगै यात्रा गरिरहेकि उक्त युवतीको कल्पनामा नै हराएका छन् । यस्तै कथावस्तुको वरिपरि रहेर ‘मन पर्यो मन पर्यो लाजको घुम्टोमा तिमी लजाएको’ बोलको गीत सार्वजनिक भएको छ ।
एन.एच.एस. मिडिया र एक्सन फिल्मस्को संयुक्त निर्माणमा नित्याशिवा र सपना लामिछानेको प्रस्तुतिमा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

Man-paryo

नित्याशिबा र प्रल्हाद तिमल्सिनाको कर्णप्रिय स्वरमा बनेको उक्त गीतको शब्द शंकर अधिकारी घायलको रहेको छ । त्यस्तै राजेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने भिडियोलाई रामेश्वर हुमागाइको छायांकन रहेको छ । सुरेस गुरुङको नृत्य, युबराज खत्रीको सम्पादन रहेको छ । पछिल्लो समयमा सर्ट मुभि तथा म्यूजिक भिडियो निर्देशनमा अत्यन्त व्यस्त बनिरहेका शंकर अधिकारी घायलले उक्त भिडियोको निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु