चर्चामा अर्जुनको स्टुपिड मन (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७१, बिहीबार

काठमाडौं, ८ साउन । संगीतकार अर्जुन पोखरेलको यतिखेर फेरि चर्चा छ । दिलमाया चलचित्रबाट चलचित्र संगीतमा आफ्नो छाप छोड्न सफल भएका अर्जुन पोखरेलले धेरै सफल संगीत दिएका छन् । बाटो मोडेर गयौ, सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे, सरसर बेग मारी बेनीको बस आयो जस्ता सफल संगीत दिएका अर्जुन पोखरेलको गत वर्ष भने अवार्डको वर्षा नै भएको थियो । लगातार चलचित्र संगीततर्फको अवार्ड हात पार्न सफल भएका अर्जुन पोखरेलको नाम चलचित्र संगीतमा उच्च भइसके पनि पुनः फेरी उनकै चर्चा सुरु भएको छ । यसभन्दा पहिला उनले अरुको शब्दमा संगीत भरिरहेका थिए तर पनि चर्चा उनकै संगीतको हुन्थ्यो । पछिल्लो समय चलचित्र स्टुपिड मनको एउटा गीतले फेरि अर्जुनलाई चर्चामा ल्याएको छ ।
तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्
तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस्
अर्जुन पोखरेलको शब्द संगीतमा रहेको स्टुपिड मन चलचित्रको गीत यतिखेर चर्चाको शिखरमा रहेको छ । शब्द र संगीतले सबैको मन छुन सफल भएको यो गीतमा स्वरुपराज आचार्य र अन्जु पन्तको स्वर रहेको छ । सधैं स्याड सङबाट आफ्नो हाइटलाई माथि उठाएका अर्जुन पोखरेलले यो सेन्टिमेन्टल गीतबाट फेरि चर्चा पाएका हुन् । माया प्रेमको सम्बन्धमा गहिरिएर लेखिएको एवं संगीत भरिएको यो गीत यतिखेर डिजिटल प्रविधि, रेडियो, टिभीमा पनि चर्चायोग्य बन्न सफल भएको छ । माया प्रेमको बन्धनमा बाँधिएका जोडीहरुलाई यो गीत सुन्दा वास्तविकता जस्तो महसुस भइरहेको हुन्छ ।
स्टुपिड मन आगामी भदौ २० गतेबाट प्रदर्शनमा आइरहेको छ । अभिनेता निरज बराल र विवेक शाहीको निर्माणमा तयार पारिएको चलचित्र स्टुपिड मनलाई दिवाकर भट्टराईले निर्देशन  गरेका छन् । जीवन लुइँटेल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, निरज बराल अभिनित चलचित्र स्टुपिड मनको गीतसंगीतले यतिखेर चर्चा पाइरहेको छ । पक्कै पनि गीतसंगीतको माध्यमबाट चलचित्रले सफलता प्राप्त गर्नेमा निर्माण पक्ष ढुक्क रहेको छ भने यो गीतले यस वर्षको सुरुवातमै राम्रो चर्चाकमाउन सफल भएको अर्जुन पोखरेललाई अझ व्यस्तता बढाएको छ ।

[youtube]https://www.youtube.com/watch?v=TvE787_lQ1Q[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु