चर्चा बटुल्दै प्रेम गीत

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७२, बुधबार

काठमाडौं । नेपाली फिचर फिल्म ‘प्रेम गीत’ यतिबेला डिजिटल मार्केटमा राम्रो चर्चा बटुल्ने क्रममा छ । संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएका प्रेम गीतका गीतहरु यतिबेला यूट्यूब लगायतका डिजिटल मार्केट, रेडियो, टेलिभिजनमा पनि चर्चाको विषय बन्दै गएको छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै संगीतकारको अवार्ड चुमिरहेका संगीतकार पोखरेलको संगीतमा गायक सुगम पोखरेल, अन्जु पन्त, स्वरुपराज आचार्यको स्वर समावेश गरिएको छ । जसमा म यस्तो गीत गाउँछु, म त अलपत्र पर्छु लगायतको गीत रहेको छ । चलचित्र प्रेम गीतलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने रामशरण पाठकले लेखेका हुन् । भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम गीतलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने यस चलचित्रमा पूजा शर्मा, सरोज खनाल, रुपा राना, प्रदीप खड्का, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु