चर्चित युगल सांगीतिक जोडी अमेरिकामा सम्मानित

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७३, बुधबार

गायक कन्हैया सिंह परियार र उहाँकी धर्म पत्नी गायिका अन्जना गुरुङ न्युयोर्कमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् । प्रबाशी देशप्रेम साहित्य महोत्सव र नव बाल कलाकार कबिन बिक्रम शाहको “लब यु मोम “ को म्युजिक भिडियो बिमोचनमा, केहि बरिष्ठ व्यक्तित्वहरुलाइ सम्मान गर्नुका साथ् साथै, लामो समय देखि नेपाली गीत संगीतमा निरन्तर योगदान पुराए बापत सांगीतिक जोडी, लोकप्रिय गायक कन्हैया सिंह र लोकप्रिय गायिका अन्जना गुरुङलाइ, प्रमुख अथिति, न्यु योर्क नेपाली एम्बेसी एक्टिङ्ग कंसुल जनरल एवम् साहित्यकार, कृष्ण कुमार सुबेदी “कृसु छेत्री“ले कदरपत्र सहित सम्मान प्रदान गरेका हुन् ।

kanhaiya-anjana
कार्यक्रमको आयोजना, एन एण्ड जे इन्टरटेनमेन्ट इंक. यु यस ए का प्रेसिडेण्ट एवम् साहित्यकार कमला प्रसाई र बिशाल बिक्रम शाहले आयोजना गरेका हुन् , कार्यक्रममा सम्मानित हुनेहरुमा बरिस्ठ साहित्यकार मोहन सिटौला, नारायण मैनाली, प्रविन भट्टराई , हरि बहादुर थापा (नाट्यकर्मीरसाहित्यकार), कबि तथा लेखक डा. मधु कृष्ण श्रेष्ठ माधुर्य , बरिस्ठ गायक प्रकाश श्रेष्ठ, शालिग्राम शाह , प्रोफेसर अजय छ्होचककन, गायिका संगीता मुखिया छ्होचककन, पुन्दरी अर्याल संगीतकार ओम कर्माचार्य रहनु भयको छ्र।kanhaiya

 

kanhaiya-anjana group

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु