चलचित्र उद्योगलाई राज्यले ओझेलमा पारेकोः संचारमन्त्री राई

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७२, शनिबार

काठमाडौं । चलचित्र उद्योगलाई राज्यले ओझेलमा पारेको उल्लेख गर्दै संचारमन्त्री शेरधन राईले उपयुक्त नीति ल्याउन नसकेकाले यस क्षेत्रलाई व्यवस्थित गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । समाज परिवर्तनमा शक्तिशाली र सकारात्मक सन्देश प्रवाह र चेतना जगाउन सक्ने चलचित्र क्षेत्र भएकाले यस्को व्यवस्थापनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

kalakar bord
संचार तथा प्रविधि मन्त्री शेरधन राईले राष्ट्रिय चलचित्र नीतिलाई समयसापेक्ष पूनरावलोकन गरी चलचित्र माध्यमलाई समाज संवाहकको सशक्त माध्यम बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय विकास वोर्ड अन्तर्गतको महिला सशक्तिकरण समितिद्धारा शुुुुक्रबार राजधानीमा आयोजित ‘नेतृत्व विकास तथा महिला सशक्तिकरणका लागि चलचित्र क्षेत्रको भुमिका’ विषयक कार्यशालामा बोल्दै मन्त्री राइले चलचित्र क्षेत्रका विकृत पक्षलाई नियन्त्रण गर्दै सशक्त, स्वस्थ र सार्थक नीति बनाउनुुु पर्नेमा जोड दिएका हुन् । चलचित्र उद्योगको ५० बर्षको इतिहासको संरक्षण र सम्वद्र्धनमा जोड दिदैं मन्त्री राईले यसैलाई पुँजी मानेर चलचित्र कर्मीले रुपान्तरित ढंगले उद्योगलाई अगाडी बढाउनु पर्ने बताए । विकृति र विसंगतीको पाटोलाई अन्त्य गर्दै महिला सशक्तिकरणका माध्यमबाट शोषणका पाटोलाई समेत अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

board
बोर्डका अध्यक्ष राजकुुमार राइले महिला सशक्तिकरणमा क्षमतालाई जोड दिदै महिलाले नीतिमा भन्दा पनि आफ्नो बलियो उपस्थिती प्रदर्शन गरेर सशक्त भुमिकामा महिलाहरु देखिनुपर्ने बताए । बरिष्ठ हास्य कलाकार बसुन्धरा भुसालले राज्यले ५० बर्ष नाघेका कलाकारलाई सम्मान र सहयोग गर्नुपर्ने बताइन् । नेपाली पहिलो चलचित्र ‘आमा’ पचास बर्ष नाघेको लामो समय वितिसक्दा पनि सरकारले केही नगरेको भन्दै उनले गुनासो पोखिन् । कलाकार भुसालले चलचित्र क्षेत्रका विकृती विसंगतीका बारेमा उल्लेख गर्दै महिला कलाकारलाई सुन्दरता भन्दा आफ्नो खुुबीले काम गर्न आग्रह गरिन् । कार्यक्रममा म्यागकी अध्यक्ष बबिता बस्नेतले चलचित्र क्षेत्रमा महिला र मनोरञ्जनलाई पर्यायवाची शब्दको रुपमा लिएकाले महिला कलाकारको आत्मसम्मान जगाउने खालका बोर्डले एजेण्डा ल्याउनु पर्ने बताइन् । कार्यक्रममा महिला सशक्तिकरण समितिका संयोजक रुपा रानाले चलचित्र क्षेत्रमा महिलाको नेतृत्व र सशक्तिकरणको पाटोमा ध्यान नदिएकाले कलाकारले शारिरिक र मानसिक हिंसा भोग्नु परेको बताईन् । सयोजक रानाले महिला कलाकारले भोेग्नु परेको हिंसालाई न्यून बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिईन् ।

kalakar
कार्यक्रममा चलचित्रमार्फत महिला सशक्तिकरण र सचेनतामा भुमिका खेलेको भन्दै नेपाली चलचित्रका बरिष्ठ कलाकार भुुवन चन्द, बसुन्धरा भुसाल, लक्ष्मी गिरी र सुभद्रा अधिकारीलाई प्रशंसापत्रसहित सम्मान पत्र वितरण गरिएको थियो । यसैगरी उक्त कार्यक्रममा महिला सशक्तिकरणका विषयमा संचारकर्मी आरती चटौंतले प्रशिक्षण दिदैं नेपालमा सत प्रतिशत महिला हिंसाको सिकार भएकाले महिला सशक्तिकरणका लागि चलचित्र क्षेत्रले अहंम भुमिका खेल्न सक्ने बताइन् । यसैगरी एनटिभीका अध्यक्ष महेश्वर दहालले पनि व्यक्तित्व विकासका लागि नेतृत्व विकास आवश्यक भएकाले आन्तरिक विकासबाट नेतृृत्व विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कलाकार दिपाश्री निरौला, सरिता लामिछाने, संचिता लुइटेल, सुस्मा कार्की, प्रज्ञा जोशी, निरु खड्कालगायतका महिला कलाकारको बाक्लो उपस्थिती रहेको थियो ।

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु