चलचित्र पत्रकारमा चुनावको सरगर्मी

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७०, बिहीबार

काठमाडौं, ६ चैत । चलचित्रसम्बन्धी समाचार लेख्ने पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार चलचित्र पत्रकार संघको छैटौ महाधिवेसनमा १३ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । यसपटक अध्यक्ष पदका लागि कडा स्पर्धा हुने भएको छ । फिल्म खबर साप्ताहिकका शान्तिप्रिय, राजधानी दैनिकका डब्बु क्षेत्री अध्यक्षमा देखिएका छन् भने कान्तिपुर टेलिभिजनका प्रदीप निरौला र सिनेयात्री मासिकका प्रधान सम्पादक आरडी शृंखला अध्यक्ष पदमा भिड्ने हल्ला चलेको छ । तर अध्यक्षको बलियो प्रतिस्पर्धीका रुपमा भने निवर्तमान अध्यक्ष शान्तिप्रिय अध्यक्षको बलियो दाबेदारका रुपमा देखिएका छन् ।
त्यस्तै, सचिव पदका लागि शुक्रबार साप्ताहिकका डिबी खड्का र सिनेमा नेपाल कार्यक्रम सञ्चालन गर्दै आएका दिनेश सिटौला भिड्दैछन् । यसै पदमा हिमालय टाइम्स दैनिकका कुबेर गिरीले पनि उम्मेदवारी दिने चर्चा छ । महासचिव पदमा भने राजन घिमिरे र सन्दिप साापकोटा भिड्ने भएका छन् भने राज श्रेष्ठको पनि नाम चर्चामा रहेको छ । वर्तमान महासचिव लक्ष्मण सुबेदी, विष्णु सुवेदी र अशोकप्यासी राईले उपाध्यक्ष पदका उम्मेदवारी दिने भएका छन् । कोषाध्यक्ष पदकामा भने कुबेर डंगोल एक्ला उम्मेदवारका रुपमा देखिएका छन् भने सदस्यहरुमा गीता अधिकारी, नेमिष गौतम, विजय आवाज, जीवन पराजुली लगायतको नाम चर्चामा रहेको छ ।
त्यस्तै आज हुने छैठौं अधिवेशनका अवसरमा चलचित्र पत्रकार अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिँदैछ भने अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु