चलचित्र पत्रकारिता सम्मान क्षत्रीलाई, गिरी र अर्याललाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

चलचित्र पत्रकारीता दिवसका अबसर परेर चलचित्र पत्रकार संघले तीन चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघले आउदो जेठ ७ गते चलचित्र पत्रकारीता दिवसका दिन चलचित्र पत्रकारिता सम्मान डब्बु क्षेत्री तथा चलचित्र पत्रकारिता पुरस्कार तुलसी गिरि भावुक र श्याम अर्याललाई प्रदान गर्ने निर्णय गरेको हो ।

dabbu kshetri_tulasi giri-shyam aryal

आईतबार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले तीन चलचित्र पत्रकारलाई उक्त सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।२०४९ सालमा नव किरण साप्ताहिक पत्रिका मार्फत पत्रकारिता प्रारम्भ गरेका डब्बु पछिल्लो समय राष्ट्रिय दैनिक राजधानीमा वरिष्ठ उपसम्पादकको पदमा कार्यरत छन् ।

यसै गरि तुलसीले २०४५ सालमा नेपालभूमि साप्ताहिक मार्फत पत्रकारिताको सुरुवात गरेका थिए । त्यस यता कान्तिपुरको साप्ताहिक हुदै यतिबेला उनि म्युजिक डायरी नामक मासिकमा संलग्न छन् । पत्रकारिता पुरष्कार मार्फत नै पुरस्कृत हुने श्याम अर्यालले पत्रकारिता अगावै २०५१ सालबाट रंगमंचमा काम गरिसकेका थिए । २०५८ सालमा पोखरा स्थित रेडियो अन्नपुर्णमा पहिलो पटक आफ्नो आवाज श्रोतासम्म पुर्याएका श्याम हाल इमेज एफएममा कार्यरत छन् । क्षेत्रीलाई सम्मानपत्र एवं कदरपत्रले सम्मानित गरीनेछ भने भाबुकलाइ र अर्याललाई साथमा जनही १५५५५ नगद सहित पुरस्कृत गरीनेछ । म्यूजिक खबर डटकम सम्मानित एवं पुरस्कृत पत्रकारहरुमा हार्दिक बधाई ज्ञापन गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु