चलचित्र संगीतमा व्यस्त विपिन

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७२, आईतवार

संगीतकार विपिन आचार्य यतिबेला चलचित्र संगीतमा व्यस्त रहेका छन् । सुन्तलीलाई भगाई लग्यो झिल्केले नामको चलचित्रमा विपिनले संगीत भर्न व्यस्त भएका हुन् । ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको यस चलचित्रको एक गीत भने रेकर्ड भइसकेको छ भने अन्य गीत रेकर्डकै क्रममा छन् । रेकर्ड भएको गीतमा संगीतकार विपिन आचार्यको संगीत रहेको छ भने कालिप्रसाद बास्कोटाले स्वर भरेका छन् । यो चलचित्र आगामी तिजमा रिलिज गरिने बताइएको छ । यस चलचित्रमा विपिनको अलावा अर्जुन पोखरेलको पनि संगीत रहनेछ ।

चलचित्र मेरो एउटा साथीबाट चलचित्र संगीतमा लागि परेका विपिनले करिब दुई दर्जन चलचित्रमा संगीत भरिसकेका छन् । श्रीमान श्रीमती, इकु ब्याक अगेन, कसलाई आफ्नो भनुँ, माइ ब्रदर, विरासत लगायत भोजपुरी चलचित्रहरुमा पनि विपिनले संगीत दिइसकेका छन् । तर उनका संगीत चले पनि उनी सधैं पर्दा पछाडि नै परिरहेका संगीतकार हुन् । प्रायजसो चलचित्र आफैंमा नचल्दा पनि उनलाई चिन्न गाह्रो परेको हो ।

bipin ra kali prasad

आधुनिक, पप, चलचित्र र लोक सबै विधामा आफ्नो संगीत र संगीत संयोजनलाई प्रस्तुत गरिसकेका विपिनले कसैको चाकडी नगरेकै कारण नाम नचलेको होला भन्न पछि पर्दैनन् । म काममा विश्वास गर्छु, निरन्तर आफ्नो सिर्जना पस्किरहन्छु अरुको पछाडि दौडिन चाहन्न, विपिनले भने । उनले संगीतका गरेका गीतहरु माण्डवी त्रिपाठीको बारुले कम्मरले धेरै चर्चा पायो तर उनको संगीत भनेर चिन्ने कमै भए । यस्ता उदाहरणमा उनले धेरैको शब्दमा संगीत भरे, धेरैलाई गीतकार बनाइदिए तर आफ्नो कामको इमान्दारिता भने गुमाएनन् ।

bipin acharya
संगीतकार विपिनले यस वर्ष दुई वटा अवार्डसमेत चुम्न भ्याए । म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुमे भने रापती म्यूजिक अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड चुमे । निरन्तर काम गरेपछि एकदिन सबैले मूल्यांकन गर्छन् भन्ने कुरामा विश्वास लिने गरेका विपिनले हाल आफ्नै गीतसंगीत रेकर्ड गर्नका लागि स्टुडियो समेत खोलेका छन् । सामाखुशी कपुरधारा नजिकै रहेको एमबी म्यूजिक स्टुडियो आचार्य र माण्डवी त्रिपाठीको हो । उनीहरुको सांगीतिक जोडीले यो स्टुडियो संचालनमा ल्याएका हुन् ।

sintalilai bhagai jhilkele

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु