‘चाहनामा म तिम्रो’ भन्दैछन् सन्जिब पराजुली (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७३, सोमबार

झिलमिल झिलमिल, तिमी अनि म जस्ता गीतहरुबाट चर्चित बनेका गायक सन्जिव पराजुलीले पछिल्लो समयमा ‘चाहनामा म तिम्रो’ बोलको गीत सार्वजनिक गरेका छन् ।
सुनय एल्बममा रहेको यस गीतमा अहिलेका चर्चित हर्कुलिस बस्नेतको शब्द तथा संगीत रहेको छ भने गीतलाई अल्मोडा राना उप्रेतीले सङ्गीतसंयोजन गरेका हुन् । रोमान्टिक धारमा तयार पारिएको ‘चाहनामा म तिम्रो’ भिडियोमा अमेरिकाका विभिन्न रमणिय दृश्यलाई कैद गरिएको छ ।

sanjib_parajuli
नेपाली कलाकारहरु अमेरिका भासिँदै गरेको अवस्थामा चर्चित मोडेल तथा नायक बिमलेश अधिकारीले बेलिनालाई उतै बिहे गर्ने ‘चाहना गीतको भिडिओ मार्फत राखेका छन्। गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने राजिव र अनुपको संयुक्त छायांकन र हिमाल जोशीले सम्पादन गरेका छन् । यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

म्युजिक भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु