चिन्ता छैन केही

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७०, शुक्रबार

काठमाडौं, २८ मंसिर । नेपालीहरु सबै विदेश पलायन भएर गाउँमा भएको बारी खोरिया भइरहेको बेलामा गायक पशुपति शर्मा भने अरुलाई विदेश जान हुन्न नेपालमै कृषि क्रान्ति गर्नुपर्छ भन्छन् । तर आफू भने सधैं विदेशमा गीत गाउँदै हिंड्छन् ः भन्छन् – ”चिन्ता छैन केही” मलाई अमेरिका यही“’ ।
सबैमाझ लोकप्रिय गीत गाउँदै आएका लोक गायक पशुपति शर्मा पछिल्लो समय फेरी चर्चाको चुलिमै पुगेका छन् । विदेशमा गएर दुख गरेरै आयआर्जन बटुल्ने नेपालीहरुको लागि सन्देश बोकेर आएको लोकदोहोरी गीत ”चिन्ता छैन केही” मलाई अमेरिका यही“’ ले फेरी उनलाई चर्चामा ल्याउन सफल भएको छ । यु–ट्युबमा एक लाख पचास हजार भन्दा बढी पटक हेरिएको यो गीतले विदेशीने नेपालीहरुको लागि आफ्नै देशमा बसेर केहि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
आफ्नै देशमा पशुपालन, तरकारी खेती, व्यावसाय गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देशका साथ बजारमा ल्याइएको उक्त गीतमा विदेश जानेहरुप्रति व्यंग्य गएिको छ । पशुपति शर्माकै लय, शब्दमा तयार भएको गीतमा पशुपति शर्मा र सीता केसीको स्वर रहेको छ । मिडियादेखि सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको ‘मलाई अमेरिका यही“’ ले यु–ट्युबमा पनि राम्रै बजार पाएको छ भने सबैको मन छुन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु