चेलाहरुद्वारा चन्दन गुरुको बर्थडे मनाए

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

चन्दनकुमार श्रेष्ठ प्राय संगीतकर्मी, गायक गायिकाको चन्दन गुरुका रुपमा परिचित छन् । उनको जेठ ५ गते बुधबार परेको बर्थडेलाई उनका चेलाहरुद्वारा विभिन्न रुपमा उपहार स्वरुप बर्थडे विस गरेका छन् । कसैले सामाजिक सञ्जालमार्फत गरे त कसैले प्रत्यक्ष भेट गरेर गुरुको बर्थडेमा सामेल भए । चन्दनकुमार श्रेष्ठ गोर्खामा जन्मिएर नेपाली संगीत क्षेत्रमा एउटा धरोहरका रुपमा क्रियाशील छन् । भारतमा बसेर संगीतको शिक्षा लिएपछि नेपाल आएर अरुलाई शिक्षा प्रदान गर्दै आएका चन्दनकुमारले गान्धर्व संगीत विद्यालयको मार्फतबाट धेरैजना कलाकारहरुको जन्म दिइसकेका छन् ।

chandan kumar shrestha
चण्डी काफ्ले, आनन्द कार्की, रामकृष्ण ढकालदेखि लिएर अन्जु पन्त, माण्डवी त्रिपाठी, मौसमी गुरुङ, शिव परियार, चेतन सापकोटा, हरि लम्साल, बसन्त सापकोटा, श्रीकृष्ण बममल्ल लगायत पछिल्लो पुस्ताका सयौं विद्यार्थीका गुरु हुन् चन्दन कुमार श्रेष्ठ । गुरुका चेला भएर अगाडि बढेका गायक गायिकाहरुले प्रत्यक्ष भेट गर्न नपाए पनि विभिन्न स्टाटस लेखेर गुरुप्रति समर्पित भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत फोटो अपलोड गर्दै गायक शिव परियार लेख्छन् “मेरा आदरणीय गुरु श्री चन्दन कुमार श्रेष्ठ !! आज म जहाँ छु जे छु हजुरकै शिक्षा सस्कार र आशिर्बादको कारण छु ! गुरु Happy Birth Day To U !” त्यस्तै चेतन सापकोटाले फेसबुकको वालमा पोस्ट गरेका छन् “ आदरणीय गुरु … जन्म दिनको शुभकामना …एउटा यस्तो संगीत को साधक तपाइँलाई चिनेर बुझेर तपाइँ को सस्कारलाइ नेपाल को गाएक हु … कलाकार हु … भन्ने हरु ले पालना गर्ने हो भने नेपालि स्रोता हरु ले वास्तविक संगीत महसुस गर्न पाउथे …”  

त्यसैगरी संगीतकार श्रीकृष्ण बममल्ल फेसबुकमार्फत यसरी जन्मदिनको शुभकामना दिँदै लेख्छन्  “ आदरणीय गुरू चन्दन कुमार श्रेष्ठ जस्ले नेपाली संगीत जगतलाई दर्जनौ शिष्यहरू प्रदान गर्नु भयो जस्को जन्मले संगीत क्षेत्रमा हरीयाली छाएको छ गुरूहामी हजुरको नाम उच्चारण गर्दा कान समाउछौ र गर्व गर्छौ हजुरलाई जन्म दिनुहुने आमालाई नमन गर्छौ जन्मदिनको मुरी मुरी शुभकामना हजुरको जन्मभएर हाम्रो जन्म भएको हो !” यसरी चेलाहरुले गुरुको जन्मदिनको शुभकामनासहित गुरुप्रतिको आस्थालाई अझ प्रगाढ बनाउँदै व्यस्तताको समयलाई मध्यनजर गर्दै विभिन्न ठाउँमा भइरहेको अवस्थामा पनि सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।
साँच्चिकै गुरु बिनाको चेला सधैं अधुरो हुन्छ । शिक्षा प्राप्तिबिनाको मानिस पशुसरह हुन्छ भन्ने उखानजस्तै चन्दनकुमार श्रेष्ठको शिक्षाबाट धेरैले सफलता हासिल गरेका छन् । आफ्नो नामलाई शिखरमा पु¥याएका छन् तर गुरुप्रतिको समर्पणमा भने उनीहरु सदैव ऋणी भएर नमन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु