चौंलागार्ईले कसलाई भने ? ‘अब साइनो छैन केहि पनि…’

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७३, बुधबार

लोक तथा दोहोरी गीति लेखनमा आफ्नो पहिचान बनाइसकेका गणेश चौलागाईंले ‘अब साइनो छैन केहि पनि’ भनेका छन् । आफ्नो मायासँग विछोडिए पछि चौलागाईंले त्यहि मायाको पुरानो यादमा तड्पिदै यस्तो भावना पोखेका हुन् । उनले आफ्नो मायालु र आफ्नो अलग अलग संसार भैसकेता पनि उनकै माया लाग्ने र उनकै यादले तड्पिएको बताएका छन् । गीत लेखनको बिधाबाट परिचित बनिसकेका चौलागाईं यसरी वास्तविक जीवनमा भने तड्पिएका होइनन् ।
गीतकार चौलागाईंको शब्दसंगीतमा तयार पारिएको वियोगान्त दोहोरी गीत ‘अब साइनो छैन केहि पनि’ को प्रसंग हो । छिट्टै नै बजारमा आउन लागेको उक्त गीतको शब्द यस्तो रहेको छ –

बेग्ला बेग्लै भएनी सन्सारै
उन्कै यादमा तड्पिन्छ मन सारै
अब साइनो छैन केहि पनि
उनी र म अर्कैका भैसकेउ अझै माया लाग्छ तेहि पनि …. ।।।

सांगीतिक दुनियाँको लोक तथा दोहोरी लेखनमा निरन्तरता दिइरहेका चौंलागाईले ‘अब साइनो छैन केहि पनि’ मा रेनु तिवारी र शिशिर भुसालसँग सहकार्य गरेका हुन् । माया प्रेममा भएको वियोगको कथा बस्तुमा तयार पारिएको उक्त गीत को म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने बिन्दाबासिनी म्युजिक बाट बजारमा आउन लागेको उक्त गीतमा देवी घर्ती मगर र शिशिर भुसालको आवाज रहेको छ । गीतकार गणेश चौलागाई र रेनु तिवारीको यस गीत अब साइनो छैन केइपनी ले पनि नेपालको सांगीतिक बजारमा चर्चा पाउने र स्रोता दर्सकको मन जित्ने कुरामा ढुक्क रहेको बिन्दाबासिनी म्युजिकका सन्चालक सुबास रेग्मि बताउँछन् ।Ganesh Chaulagain

गीतकार गणेश चौलागाईं 

समयअनुकुल आफ्ना सृजनामा स्थापित गायक गायिका देखी नव आगन्तुकसँग निरन्तर सहकार्य गरिरहेको बताउने चौलागाईका यसअघि – पागलै बनौला मेरी मायालु ,तेतातिर ठिकै होलानी , हाम्रो नाता टुट्यो के कारण, ए सानु पत्याउ अबत, कान्छु तिमीलाई कती माया गर्छु, मेरै भर मा पर्छिन, आफ्नो भन्न कहिलै पाइएन, लगायतका ३ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

म्युजिक खबर म्युजिक अवार्ड र रापती म्युजिक अवार्ड मा सर्वोत्कृष्ट लोकदोहोरी शब्द रचनाको अवार्ड पाइसकेका चौलागाईं गायक बिमल डाँगीको सहयोग तथा साथले सांगीतिक क्षेत्रमा मा प्रवेस गर्नसकेको बताउँछन् ।
आफु जहाँ र जस्तो अवस्था मा भएपनी नेपाली गीत लेखन लाई नछोड्ने अठोट ब्यक्त गर्ने गीतकार गणेश चौलागाई कती सम्म निरन्तर रहलान त्यो भने समयएले नै बताउला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु