छक्का पञ्जाको ‘पुर्वपश्चिम रेल’ सार्वजनिक भएको २४ घण्टा नवित्दै लाख भन्दा बढी दर्शकले हेरे

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७३, आईतवार

दिपाश्री निरौला नेपाली रंग क्षेत्रमा सर्बाधिक लोकप्रिय कलाकार हुन् । उनले काम गरेका विधाहरु रेडियो जक्की, गायन, नृत्य तथा अभिनयलाई दर्शक तथा श्रोताले रुचाईदिएका छन् । पछिल्लो समयमा उनै लोकप्रिय कलाकार निरौलाले चलचित्र निर्देशनमा समेत हालिन् । चलचित्र ‘छक्का पञ्जा’ मार्फत नेपाली चलचित्र निर्देशकहरुको नामावलीमा आफ्नो नाम पनि सुचित गरेकि निरौलाको डेब्यु निर्देशनलाई समेत दर्शकले रुचाईदिने छनक देखिएको छ । उनले निर्देशन गरेको निर्देशन गरेको बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा को पहिलो गीत ‘पुर्वपश्चिम रेल’ युट्युवमा सार्वजनिक गरेको २४ घण्टा नपुग्दै लाखको हाराहारीमा दर्शकले हेरिदिएका छन् । ‘२८ मे २०१६ का दिन हाइलाइट्स नेपालको च्यानलबाट सार्बजिक गरिेएको यो भिडियोले २४ घण्टा नबित्दै झण्डै सवा लाख दर्शकहरु समेट्न सफल भइसकेको यूट्यूब च्यानलमा देख्न सकिन्छ ।

suman

यूट्यूब च्यानलमा सार्बजनिक हुने बित्तिकै भिडियो हेर्ने दर्शकहरुले गीत प्रति सकारात्मक प्रतिकृया दिएका छन । ‘पूर्वपश्चिम रेल’ लाई गायिका अञ्जु पन्त र राजन राज सिवाकोटीले आवाज दिएर गीतमा श्रींगार भरेका छन् । गीत राजनराजको शब्द तथा संगीतमा बनेको हो ।‘ ‘६क्का पञ्जा’मा प्रियंका कार्की, दिपकराज गिरी, बुद्धी तामाङ, जितु नेपाल, केदार घिमिरे लगायत अभिनयमा छन् । फिल्म भदौ २४ मा रिलिज हुँदैछ ।

सामुहिक नृत्य समावेश यो गीतले नेपालीहरुको मन छुन सफल हुने भिडियो हेरेका दर्शकहरुको प्रतिकृया रहेको छ । स्वदेश अनी बिदेशमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा स्टेज प्रस्तुतीमा अत्याधिक रोजाइमा पर्ने बिश्चास लिइएको छ । गीतको संगीत संयोजन राजन ईशानले गरेका छन् भने भिडियोको कलर करेक्सन कपिल पराजुलीले गरेका छन् । भिडियो सम्पादन बिपिन मल्लले गरेका छन् भने चलचित्र छायांकन अहिलेका सफल छायाकार पुरुषोत्तम प्रधानको रहेको छ । चलचित्रको निर्माण आमा सरस्वती गीता देबी फ्लिम्स ले गरेको हो ।

पुर्व पश्चिमले अघिल्लो बर्षको सर्बाधिक हिट फिल्म “वडा नम्बर छ” मा समाबेस गरिएको हिट गीत “सुर्के थैली खै ” को युट्यृुव भिवर्सको रेकर्डलाई तोड्ने निश्चित देखिएको छ । र हुनेछ २०७२ को हिट ‘सर्के थैली खै’ भने २०७३ को हिट ‘पूर्वपश्चिम रेल’ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु