छड्के नजर लाउँदै शिव परियार

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७२, सोमबार

नेपाली सुगमसंगीतका चर्चित गायक शिव परियार यतिखेर भने छड्के नजर लाउँदैछन् । यिनको छड्के नजर कतातिर केन्द्रित हो त्यो भने ठम्याउन गाह्रो । चल्तीका गायक हुन् उनीतिरै धेरैको नजर हुनुपर्नेमा उनको नजर पो लाग्ने भएछ ।

अडियोमा नै दर्शक तथा स्रोतको मन जित्न सफल शिव परियारको “छड्के तिम्रो नजÞरले ‘“ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । थुप्रै हिट गीत दिसकेका शिव परियारको पछिलो हिट गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको यस भिडियोलाई निकै सुन्दर तरिकाले भिडियो निर्माण गरिएको छ । भिडियोमा गायक शिव परियार पनि आफ्नो सांगेतिक यात्रामा पहिलो पटक नाचेक छन् । शिव परियारको एघारौ एल्बम ‘शिवालय’मा समाबेश यस गीतको लिपसिङ्गमा शिवले पहिलो पटक मजाले नाच्दै गीत पनि गएका छन् । गीतलाई कोरियोग्राफर भने दिपक सिंहले गरेका हुन् । गीतमा राकेश शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गर्नु भएको हो । भिडियोमा पुष्प खड्का र झरना मल्लको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन रहेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु