जंगलमा संगीत सिकाउन थालेपछि….

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७३, शनिबार

संगीत शिक्षा लिनेहरु इन्स्टिच्युट, संगीत विद्यालय, कल्चर सेन्टरमा धाउने गरेका भए पनि आजभोलि संगीत सिक्न चाहनेहरुले जंगलतिर गएर फ्रेस मुडमा सिक्न पाइने भएको छ । चिसो हावासँगै स्वच्छ मौसममा संगीत सिक्न चाहनेले नगरकोटतिर हानिए हुन्छ । नगरकोटको जंगलमा यतिखेर संगीतको कक्षा संचालन भइरहेको छ भन्दा फरक पर्दैन । गायक विरही कार्की हारमोनियम बोकेर संगीत सिकाउन जंगल छिरेका छन् । तर उनले जो पाए त्यहीलाई चाहिँ संगीत सिकाउँदैनन्, राम्री राम्री मोडलहरुलाई मात्र यिनले संगीत सिकाउँछन् ।

bhim gurung
अब यो जंगलको कुरा चाहिँ उनकै नयाँ गीत ‘होला मायालु’को म्यूजिक भिडियो सुटिङको हो । उनले साँच्चिकै संगीत सिकाएका छन् मोडल रञ्जिता गुरुङलाई । रञ्जिता गुरुङ र भीम गुरुङको अभिनय रहेको उक्त म्यूजिक भिडियोमा शिव विकले निर्देशन गरेका छन् । शम्भु चालिसेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई नगरकोटको रमणीय स्थानहरुमा छायाँकन गरिएको हो ।

dance ranjita
विरही कार्की पछिल्लो समय लोकदोहोरीको क्षेत्रमा फरक पहिचानका साथ अगाडि देखिएका छन् । मौलिक गीतसंगीतलाई नयाँ ढंगबाट प्रस्तुत गर्न खप्पिस रहेका गायक विरही कार्कीले लोकगीतलाई पनि फरक तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने गर्छन् । गायिका जुनु रिजाल र विरही कार्कीको स्वर रहेको यस गीतमा शब्द संगीत पनि विरही कार्कीकै रहेको छ । सुनखानी म्यूजिकले बजारमा ल्याउने यस गीतबाट कार्कीले धेरै आशा लिएका छन् ।

ranjita gurung_1kt_birahibirahi karkii

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु