जानकीको तिजमा थर फेर्ने कुरा

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७१, बुधबार

काठमाडौं, १५ साउन । गीतकार एवं संगीतकार जानकी पन्थ तिज आएपछि आफंै तिजका गीत गाउन थाल्छिन् । लोकसंगीतबाट नै सांगीतिक यात्रा सुरु गरेकी जानकी पन्थ पछिल्लो समयमा आधुनिक गीत गजलतिर बढी सक्रिय छिन् । तर महिला दिदीबहिनीहरुको महान चाडका रुपमा लिइने तिजको अवसरमा उनले सामाजिक कुरा उठाएकी छिन् । विहे गरेर गएपछि थर फेर्ने कुरालाई उनले गीतमा प्रस्तुत गरेकी छिन् । थर फेर्नुभन्दा पनि आ–आफ्नो अस्तित्व कायम राख्ने परम्परा भयो भने पक्कै पनि सुखी जीवन जीउन सकिन्छ भन्ने उनको गीतले सन्देश दिएको गायिका जानकीले बताइन् । उक्त गीतमा जानकीको अलावा संगम पन्थको पनि स्वर रहेको छ । सतुंगलको वरिपरीकै दृश्यमा तयार पारिएको तिज गीतको म्यूजिक भिडियोको निर्देशन पनि जानकी आफैंले गरेकी छिन् । म्यूजिक भिडियो निर्देशनको क्रममा उनले निर्देशन गरेको यो तेश्रो हो भने केही गीतमा मोडलिङ पनि गरेकी छिन् । संगम पन्तको छायाँकन रहेको यस म्यूजिक भिडियोमा निर्मल विष्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

janaki3 janaki2 janaki1

 

janaki

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु