जापानको म्यूजिक मेलामा नविन पौडेलले गाउँदा दर्शक उत्तेजित

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७३, शुक्रबार

नेपालमा गायन क्षेत्रका चलेका सर्जकहरुलाई देश तथा विदेशमा हुने सास्कृतिक कन्सर्टहरुमा भ्याई नभ्याई भएको स्थिति छ । यस्तै पछिल्लो समयमा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा रोजाईमा परेका गायक हुन् नविन पौडेल ।

देश तथा विदेशमा प्राय दिनहुँ प्रस्तुति दिंदै आएका गायक नविनले जापानमा दर्शक तताउने प्रस्तुति दिएका छन् । जापानको टोकियोमा म्यूजिक मेलामा नविनले गाउँदा दर्शकहरुले बेजोड साथ दिएका थिए । उनले गाइरहँदा दर्शकहरुले नाच्दै हुटिङ गरिरहेका हुन्थे ।

बुद्ध यहिं जन्मे, यहिं स्वर्गद्धारी छन् जस्ता राष्टभावका गीतहरु गाउँदा दर्शकहरुबाट उतिकै साथ पाएका नविनले के सम्झनु छ र, जान्न म त त्यो घर, गाउँदा दर्शकहरु उत्तेजित भएका थिए । चर्को हुटि चलेपछि दर्शकहरुकै साथमा गायक नाचेका थिए ।

उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु सुगम पोखरेल, सहिमा श्रेष्ठ, सम्झना लामिछाने मगर लगायतको प्रस्तुतिमा पनि दर्शकहरुले बेजोड मनोरञ्जन लिएका थिए । नेपालसन्देश डटकमले तेस्रो बार्षिकोत्सव मनाउन मिडिया म्यासेजसँगको सहकार्यमा म्यूजिक मेला गरेको थियो ।

nabin_poudel_japan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु