जिन्दगीले हिसाब मागेपछि भुपेन्द्र

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७१, सोमबार

काठमाडौं, २२ बैशाख । गीतकार भुपेन्द्र महतलाई जिन्दगीले हिसाब माग्न थालेपछि सांगीतिक रुप लिएको पत्तो नै पाएनछन् । लामो समय अमेरिका बस्दै आएका गीतकार भुपेन्द्र महतले आफ्नो दोस्रो एल्बमका साथमा बजारमा आएका छन् । उनले ‘जिन्दगीले हिसाब माग्छ’ नामक दोस्रो एल्बम श्रोतामाझ ल्याएका छन् । गत शनिबार एल्बमको वरिष्ठ गीतकार रत्नशमशेर थापा, संगीतकार दीपक जंगम, गायिका संगीता राना, गायक तथा संविधानविद भीमार्जुन आचार्यलगायतले विमोचन गरेका थिए ।
गजलहरु समावेश गरिएको उक्त एल्बममा ‘रात ढल्दै गयो’, ‘दुखेर कि दुखाउन’, ‘जिन्दगी यो हिसाब’, ‘एउटा मान्छे’ र ‘मुसुक्क हाँसी’ बोलका गीत छन् । गीतमा दीपक खरेल, दीपक लिम्बु, संगिता राना, निशा देशार, दीपेशकिशोर भट्टराई र अजर जंगमको स्वर रहेको छ । संगीतकार दीपक जंगमको एल्बममा सोलो संगीत छ । किरण कँडेलको संगीत संयोजन रहेको एल्बमलाई म्यानहटन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । विमोचन कार्यक्रममा गायिका निशाले एल्बमको गीत गाएकी थिइन् भने संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
1

 

2

 

3

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु