जिरोमाइलको सातौं धमाका चाइनिज न्यू इयरमा

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७०, मंगलवार

क्वालालम्पुर, १६ पुस । विगत लामो समयदेखि मलेसियामा रहेका नेपाली श्रमिकबीच कार्यक्रम गर्दै आएको जिरो माइल एसडीएन बीएचडीले आगामी चाइनिज न्यू इयरमा सांगीतिक धमाका– ७ गर्ने भएको छ । सदा वर्षहरुमा झैं नेपालबाट चर्चित कलाकारहरु ल्याएर मलेसियाको प्रमुख शहरहरु क्वालालम्पुर, जोहोरबारु, पेनाङ्गमा गर्न लागिएको यसपालीको कार्यक्रम जनवरी ३१, फेब्रुअरी १ र फेब्रुअरी २ का दिनमा हुनेछन् । विशेषगरी नेपाली ग्राहकलाई लक्षित गरी मलेसियाको बजारमा आएको प्रभु मोबाइलको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा प्रभु मनी ट्रान्स्फर, प्रभु विकास बैंक, प्रभु को–अपरेटिभको प्रायोजन रहनेछ ।
कार्यक्रमको आयोजक जिरो माइल एसडीएन बीएचडीले यही बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा प्रष्ट पारेको छ । आयोजकका अनुसार नेपालबाट चर्चित कलाकारहरु सुपरस्टार शिव श्रेष्ठ, भोजपुरी नायिका अनु शाह, चर्चित कमेडियन हर्के हवल्दार, पपस्टार मिङ्मा शेर्पा, लोकदोहोरी गायक शिव हमाल, लोकदोहोरी गायिका मञ्जु महत, गायिका विष्णु चेम्जोङ्ग लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
कार्यक्रमको सपोर्टरहरुमा विजयहील एक्स्पोर्ट इम्पोर्ट, लालीगुराँस रेस्टुरेन्ट, इन्द्रेणी रेस्टुरेन्ट, रेम्बो मिनीमार्केट, न्यून नेशन मिनी मार्केट, निङ्गबासो मोबाइल पसल, नेपाल म्यूजिक कम्पनी, सञ्जिवनी क्लिनिक लगायतका रहनेछन् ।
आयोजकले पत्रकार सम्मेलनमा कार्यक्रम हेर्नको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दै विगतमा झैं कार्यक्रम सफल पारिदिन सम्पूर्णलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु