जुनाको गीतमा सुस्मा र ह्यारीको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २८ असार २०७३, मंगलवार

जुना राईको स्वर रहेको “यो छोरीलाई धेरै छन् मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्ने” बोलको गीत सार्वजनिक भएको छ । गीतमा मोडल सुस्मा अधिकारी र ह्यारी योञ्जनको रोमान्स रहेको छ । उक्त गीत बिक्रम राईको रचना र संगीतमा तयार हो । उत्सव दाहालको छायाङ्कनमा तयार गरिएको भिडियोलाई चर्चित निर्देशक युगल पोमोले निर्देशन गरेका हुन् । भिडियोलाई भौँसेपाटीको श्रीकाली चौरमा छायंकन गरिएको हो ।

 

16071207anuj

नृत्य र अभिनयमा पारङ्गत ह्यारी निकै लामो ग्याप पछि अभिनयमा फर्किएका छन् । दर्जन बढि भिडियोमा चर्चित कलाकारहरु सँग स्क्रिन सेयर गरेका ह्यारी यो भिडियोबाट दर्शकहरुको माया पाउनेमा ढुक्क छन्, उनी भन्छन् – “भिडियोको मेकिङ, देखी प्राविधिक सवै पक्षमा मेहनत गरेका छौँ, सवैलाई भिडियो मनोरञ्जनको बिशुद्ध खुराक हुनेछ ।” एउटी युवतीको धारणा र मनोभावलाई गितको थिम अनुसार भिडियोमा उतारिएको दावी गर्छन निर्देशक युगल । क्याची शब्द र म्युजिक अनुसारको भिडियोले सवैको मन जित्ने उनको तर्क छ ।

16071207ajj (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु