जुना र नुतनले मखमली चोली मन पर्छ भनेपछि (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७३, बिहीबार

juna-nutanकाठमाण्डौ । नेपाली गायन कलाकी धनि जुना प्रसाईं र विदेशमा रहेर पनि नेपाली माटोलाई अगाध माया गर्दै गीतिलेखनमा कलम चाल्दै आएकी गीतकार नुतन भुसालले आफूलाई मखमली चोली मनपर्ने बताएका छन् । गीतकार नुतन भुसालको भावुक शब्द र गायिका जुना प्रसाईंको कोइली आवाज मार्फत ‘मन पर्छ मलाई मखमली चोली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपालीपन र गाउँ–घरको परिबेशलाई समेटेर तयार पारिएकोे उक्त गीतलमा अहिलेका लोकप्रिय युवा संगीतकार दिपक शर्माले संगीत रहेको छ भने उदय राज पौडेलको संयोजनलाई भाइव्स क्रियसनले अडियो बजारमा ल्याएको हो । नायिका पूजा शर्मा र मोडल अश्विनको अभिनय रहेको उक्त म्युजिक भिडियोमा अमृत सुनुवारको छायांकन रहेको छ । प्रकाश तुलाधरको सम्पादन र निकेश खड्काको निर्देशन रहकेको छ उक्त म्यूजिक भिडियो यतिबेला चर्चामा छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु