जेठीलाई धोकादिँदा श्यामको रुवावासी

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७१, आईतवार

काठमाडौं । दुई जोईको पोई कुना पसी रोई भन्ने उखान अभिनेता श्याम अर्यालको कलाकारितामा चरितार्थ भएको छ । सञ्चारकर्मी डब्बु क्षत्रीले लेखेको गजल ‘धेरै रोएँ तिम्रो यादमा छैन अब आँसु…’ को म्युजिक भिडियोमा कान्छीको पछि लागेर जेठी पत्नीलाई धोकादिँदा अभिनेता अर्यालको रुवावासी भएको छ । यो भिडियोमा अभिनेता अर्यालले जेठी घरमा हुँदाहुँदै कान्छी भित्राउने कार्य गरेका छन् । कान्छी बनेकी अभिनेत्री मोनिका दाहालले ५० लाख रुपैयाँ लिएर उनलाई छाड्दा जेठी पत्नी बनेकी मोडल खुसी घिमिरेले आत्महत्या गर्छिन । तसर्थ पत्नी बियोगमा आँसु झारेर बाँच्न बाध्य हुन्छ यी अभिनेता ।

जुगल डँगोलले सँगीत दिएको यो गजल नेपाली च्यानलहरुबाट पनि दर्शकमाझ आएको छ । डब्बु क्षत्री आफैंले निर्देशन गरेको यो म्युजिक भिडियोलाई बिन्ध्यवासिनी म्युजिकले बिहिबार युट्युव मार्फत सार्वजनिक गरेको छ । मित्र गुरुङले सम्पादन गरेको यो भिडियोलाई निरोज श्रेष्ठले खिचेका हुन् । क्षत्रीको गलज सँग्रह ‘झरी’मा यो गजल सँग्रहित छ । गजलमा अञ्जना गुरुङको स्वर छ । गजलको भिडियोलाई दर्शकले रुचाएको निर्देशक तथा गजलकार क्षत्रीले जानकारी गराए । भिडियोको अभिनयबाट आफुले तारिफ पाएको अभिनेता अर्यालले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु