जेम्सलाई नाच्न गाह्रो भो

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७२, बिहीबार

काठमाडौं । आजभोलिका म्यूजिक भिडियोमा मोडलिङ गर्ने कलाकारहरु प्राय डान्सिङ बिटमा मात्र काम गर्न रुचाउँछन् । डान्सिङ बिटको काम गर्नेहरुमध्येका एक हुन् जेम्स, तर उनी नाच्न पनि खोज्ने नाच्न गाह्रो भो पनि भन्ने गर्छन् । यो द्विविधामा परेका मोडलको सांगीतिक कुराले कुरा बुझ्नै गाह्रो छ ।

james bc
आधुनिक गीतबाट आफ्नो मोडलिङको यात्रा सुरु गरेका जेम्स बिसीलाई आजभोलि भने तिज लागेको छ । तिजका केही डान्सिङ गीतहरुमा आफ्नो नृत्य प्रस्तुतिसहित तिजे मोडल बनेका छन् जेम्स । आधा दर्जन जति तिजको म्यूजिक भिडियोमा अभिनय गरिसकेका जेम्सका प्राय गीतहरु सबै नृत्यतर्फ नै केन्द्रित छन् । तिजका दोहोरी भावमा जेम्सका नृत्यलाई मन पराउने पनि धेरै छन् । ‘नाच्नलाई गाह्रो भो’ बोलका तिज गीतमा जेम्स र निरु खड्काको नृत्य रहेको छ । खुमन अधिकारी र प्रमिला तामाङको स्वर रहेको नाच्नलाई गाह्रो भो बोलको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् । विष्णु न्यौपानेको शब्द रहेको यस गीतको लय पनि खुमन अधिकारीकै रहेको छ । म्यूजिक बैंक नेपालबाट बजारमा आएको यस गीतको म्यूजिक भिडियोले यतिबेला डिजिटल मार्केटमा राम्रो चर्चा बटुल्न सफल भएको छ ।

james-niru
राधिका हमाल र खुमन अधिकारीकै स्वरमा रहेको अर्को गीत ए काले विहे गरौं अब त बोलको गीतमा पनि जेम्सको अभिनय देख्न पाइन्छ । प्राय डान्सिङ बिटमा आफूलाई प्रस्तुत गर्दै आएका जेम्सले आधा दर्जनभन्दा बढी आधुनिक गीतमा पनि उनले अभिनय गरिसकेका छन् ।

james-smriti

radhika-khuman

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु