जोशीलाई सम्मान, केसी र बैरागीलाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनको अवसर पारेर वरिष्ठ लोकगायक एलपी जोशीलाई लोक स्रष्टा सम्मान प्रदान गरिँदैछ भने दोहोरी गायक तेजबहादुर केसी र पत्रकार सुमन बैरागीलाई पुरस्कार प्रदान गरिन लागिएको छ । प्रतिष्ठानको छैठौं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको कार्यक्रमका अवसरमा यो सम्मान र पुरस्कार प्रदान गरिन लागिएको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले म्यूजिकखबरलाई बताए ।

रिटिङ रिटिङ नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो जस्ता सदाबहार लोकभाकाहरु गाउँदै आएका गायक एलपी जोशीलाई प्रतिष्ठानले लोकगायनको क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै ‘लोक स्रष्टा सम्मान २०७३’ प्रदान गर्न लागेको बताएको छ । त्यस्तै अमर स्रष्टा नारायण पाण्डेको स्मृतिमा प्रदान गरिँदै आइएको स्व.नारायण पाण्डे स्मृति प्रतिभा पुरस्कार २०७३ गायक तेजबहादुर केसीलाई प्रदान गरिने भएको छ । प्रत्यक्ष लोकदोहोरीको क्षेत्रमा राजासरह मानिने अमर स्रष्टा नारायण पाण्डेको योगदानको स्मरण गर्दै प्रदान गरिने उक्त पुरस्कार दोहोरी गायनकै अर्को प्रतिभा केसीलाई प्रदान गर्र्न लागिएको हो ।

lp-joshi-suman-bairagi
त्यसैगरी नेपाली गीतसंगीतको क्षेत्रमा आफूलाई समर्पित गर्दै पत्रकारिताका माध्यमले लोकदोहोरीको क्षेत्रलाई विकास र विस्तारमा योगदान पु¥याएवापत पत्रकार सुमन बैरागीलाई ‘लोक पत्रकारिता पुरस्कार २०७३’ प्रदान गर्न लागिएको हो । पत्रकारिताको डेढदशकभन्दा लामो समय गीतसंगीतमै समर्पित रहेर योगदान पु¥यावापत बैरागीलाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष शर्माले बताए ।

प्रतिष्ठानको छैठौं महाधिवेशन असोज ८ गते शनिबारबाट राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदैछ । ८, ९ र १० गतेसम्म चल्ने महाधिवेशनका लागि देशभरका प्रतिनिधिहरु राजधानी आइसकेका छन् भने शनिबार हुने उद्घाटन सत्रमा राजधानीका विभिन्न ठाउँहरुबाट ¥यालीसहित प्रज्ञा भवनमा उपस्थित हुनेछन् । यो अधिवेशनबाट प्रतिष्ठानको नयाँ कार्यसमितिसमेत चयन गरिने अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु