ज्योति मगरलाई शरीर ढाक्न गुन्यूचोलो उपहार

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७५, आईतवार

२३ वैशाख, जुम्ला । गायिका ज्योति मगर देखेपछि मेला महोत्सवमा युवापुस्तालाई आकर्षित गर्ने गायिका वा समाजमा विकृति फैलाउने गायिका भनेर चिन्ने गर्छन् । स्टेजमा चढेपछि ग्ल्यामररुपमा छोटा लुगामा देखिएर दर्शकलाई आफूतिर तान्ने गरेकी गायिका ज्योतिलाई जुम्लामा भने व्यापार महोत्सवको अवसरमा गुन्यूचोलो उपहार मिलेको छ । उनलाई चन्दननाथ नगरपालिकाले गुन्यूचोलो उपहार दिएको छ । नगरपालिकाकी मेयर कान्तिका सेजुवालले ज्योतिलाई परम्परा झल्काउने गुन्यूचोलो उपहार दिएकी हुन् ।


गायिका मगरलाई सामाजिक सद्भाव फैलाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले उपहार दिएको मेयरले बताएकी छन् । उनको प्रस्तुतिका बारेमा धेरै टिप्पणी आए, जुम्ला आएका बेला महिलाको पहिचान झल्कने पोशाक दिएको मेयर सेजुवालले भनिन् । साथै जुम्ला कला तथा संस्कृतिको उद्गम भूमि भएको र पहिरनको महत्व भएको बताएपछि गायिका मगरले उपहार ग्रहण गर्दै गायिका मगरले आफूले नेपाली संस्कृतिलाई पहिलेदेखि नै माया गर्ने गरेको बताएकी थिइन् । पछिल्लो समय ज्योति मगरभन्दा पनि माथि रहेका भल्गर देखाउने गायिकाहरु पनि मेलामहोत्सवमा आएपछि विभिन्न ठाउँमा सुरक्षाकर्मीले पक्राउसमेत गरेको घटना पनि सुन्न आइरहेको अवस्थामा ज्योतिलाई भने पुरै शरीर ढाक्ने गुन्यूचोलो मिलेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु