झिल्कोमा अर्जुनको डेब्यु

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । हेटौडामा जन्मेका अर्जुन ६ वर्ष मुम्बइमा अभिनय र नृत्यको प्रशिक्षण पश्चात नेपालमा फर्किएका छन् । आफूले सिकेको सीपलाई नेपालमा नै बाँड्नु पर्छ भन्ने सोचका साथ नृत्य प्रशिक्षकका रुपमा नै कार्यरत छन् । नृत्य प्रशिक्षकको रुपमा कार्यरत अर्जुन गौतम अब भने उनलाई फिल्ममा देख्न पाइनेछ ।

परिवर्तन मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र झिल्कोमा अर्जुनले अभिनयमा डेब्यु गरेका छन् । हुन त उनले दर्जनौ म्युजिक भिाडयोमा अभिनय गरिसकेका छन । तर उनी म्युजिक भिडियोमा मात्र होइन नेपाली चलचित्रमा आफ्नो अभिनय देखाउन चाहन्छन् । मलाई म झिल्को टिमले विश्वास ग¥यो पक्कै पनि मैले मेरो अभिनयलाई झिल्कोबाट देखाउनेछु । म यस चलचित्रबाट नेपाली चलचित्रको पर्दामा डेब्यू गरेको हुँ । मलाइ त्यो विश्वास पनि छ म अवश्य सफल हुन्छु । चितवन र नवलपरासीको रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त चलचित्रमा अर्जुन गौतम स्वस्ती क्षेत्री, अभिनाष गजुरेल, विरेन डिसी, निरन शर्मा, रिद्दिचरन श्रेष्ठ, सिता ढुंगाना, अपेक्षा अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।
जसमा निर्माता र निर्देशक विमल पौडेल हुन् भने चलचित्रमा राजु केसीको छायाँकन रहेको छ । चलचित्रमा माइला लामाको संगीत रहेको छ भने पोष्ट प्रोडक्सनको जिम्मा भने मन्दिप श्रेष्ठले लिएका छन् । चलचित्रमा द्वन्द्व निर्देशन रबि बराल र प्रकाश कर्मचार्यको रहेको छ भने कला निर्देशन भने राकेशको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु