टिकाको ‘माया लुकी लुकी’ चर्चामा, प्रत्येक दिन थपिंदै लाखौं भ्युज !

म्यूजिक खबर
प्रकाशित: २ असार २०७५, शनिबार

असार २, काठमाडौं । पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियताको शिखर चुम्दै गरेकी गायिका हुन् गायिका हुन् टीका प्रसाईं । झापा, दमकबाट आफ्नो सागीतिक यात्रा शुरु गरेर करिब दुइ दशकको सांगीतिक यात्रा तय गरेकी गायिका प्रसाईंका सयौं गीतहरु नेपाली सिनेमा र एल्बमहरुमा सुन्न सकिन्छ ।

यतिबेला उनै गायिका टीका प्रसाईंको नयाँ गीत नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेको छ । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ ।

येष्ठ २४ गते युट्युवमा अपलोड गरिएको उक्त गीत ‘माया लुकी लुकी’लाई दर्शक श्रोताले रुचाइदिएका छन् । हरेक दिन लाखौं दर्शकले नियाली रहेका छन् । हिजो १५ लाख भ्युज रहेको गीतलाई आज यो समाचार तयार पार्दाको समयमा २१ लाख ९५ हजार बढी दर्शकले नियाली सकेका छन् ।

युट्युवमा २३ सयभन्दा बढी प्रतिक्रिया आएका छन् भने ४७ हजार बढीले लाईक गरेका छन् । भ्युज, कमेन्ट र लाइक सबै अनुसार पनि भन्न सकिन्छ की, टिकाको स्वर र कार्टून क्रिउको डान्सलाई सबैले रुचाइएको गीत बनेको छ ।

अत्यन्त रचनात्मक शब्दसंगीतले भरिएको यस डान्सिंग नम्बरमा हाल सर्वाधिक चर्चामा रहेको डान्सिंग ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ । भिडियोमा कार्टुन क्रिउ गु्रपबाट सरोज अधिकारीको आफ्नै कन्सेप्ट र डाइरेक्सन रहेको छ भने प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका छन् ।

रागा रेकोड्र्समा रेकर्ड र मिक्सिंग भएको यस गीतको म्युजिक भिडियो गायिका प्रसाईंको आफ्नै युट्युब च्यानल मार्फत बिमोचन गरियो । गायिका प्रसाईंले आफ्नो म्युजिकल करियरमा ‘माया लुकी लुकी’ गीतले ठुलो सकरात्मक प्रभाव पार्न सक्ने आशा ब्यक्त गरेकी छिन् ।

आफ्ना गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल गायिका टीका प्रसाईंका तिमी भन्छौ भने, नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, चट्ट सलाम जस्ता थुप्रै चर्चित गीतहरु छन् ।

यसअघि टिका प्रसाईं र सञ्जिव पराजुलीले गाएको ‘नाईं मलाई थाहा छैन’ बोलको गीत २ करोड भन्दा धेरैपटक युट्युवमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु