डबलीको प्रचलन लोप भएकामा चिन्ता

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७१, आईतवार

काठमाडौं । आधुनिक गीत सङ्गीतको प्रवेशसँगै मल्लकालमा गीत सङ्गीत र नृत्यका लागि अधिक प्रयोग हुने डबलीको लोप हुँदै गएका मल्लकालीन नृत्य र डबलीमा प्रतिभा प्रस्फूटन देखेका कलाकारले चिन्ता व्यक्त गरेका छन् । नेपाल सङगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मंसिर २० गते राजधानीमा आयोजना गरेको डबली यात्रामा वरिष्ठ कलाकारले मल्लकालमा काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा गीत सङ्गीत प्रस्तुतिका लागि प्रयोग भएका डबली झण्डै तीन दशक अघिसम्म निरन्तर प्रयोग भएकामा परिवर्तित समयसँगै “कन्सर्ट”ले स्थान लिएपछि उनीहरूले चिन्ता प्रकट गरेका हुन् ।
डबली यात्राको उद्घाटन गर्दै नृत्य शिरोमणि भैरवबहादुर थापाले केही दशकअघिसम्म महत्वपूर्ण मानिएका डबली लोप हुनुले आफूजस्ता कलाकारलाई चिन्तित तुल्याएको बताए । प्रतिष्ठानका उपकुलपति शम्भूजित बाँस्कोटाले डबली नेपालको प्राचीन इतिहास हो भन्दै यसलाई जीवन्त राख्न डबली यात्रा सुरु गरेको बताए । उनले डबलीलाई नेपालमा मात्र सीमित नराखी प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ गीतकारहरू विकासनाथ योगी र मनोजनाथ गौतमले कर्णप्रिय सङ्गीत प्रस्तुत गरेका थिए भने कलाकारहरू खड्गबहादुर बुढा, लीलावती बुढामगरले मध्यपश्चिमाञ्चलको सल्यानमा प्रचलित ‘लप्पा गीत’ प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु